Wednesday 4th March 2026

आन्तरिक पर्यटकको रोजाईमा रारा

मुगु ।नेपालका पर्यटन गन्तव्यहरूले विश्वका पर्यटकहरूलाई आकर्षित गर्ने गरेको छ। त्यति मात्र होइन भौगोलिक, सांस्कृतिक, धार्मिक, प्राकृतिक, वातावरणीय तथा यहाँको रहनसहन, रीतिरिवाज चालचलन र भेसभुसाले संसारलाई मात्र होइन आन्तरिक पर्यटकलाई पनि आकर्षित गर्दै आएको छ।  राराको सुन्दरता हेर्नका लागि आन्तरिक र बाह्य पर्यटकहरु  आउने क्रम बढ्दै गइरहेको हो ।

‘रारा एक पटक पुग्नैपर्छ’ भन्ने मान्यताका साथ आन्तिरक तथा बाह्य पर्यटक रारा पुग्ने गरेका छन् । आर्थिक वर्ष २०८०÷०८१ को साउन देखि असार अन्तिम एक वर्षमा रारामा १७ हजार दुई सय ९७ जना आन्तरिक तथा बाह्य पर्यटक रारा पुगेका छन् ।

जसमा महिला पुरुष गरेर १७ हजार, सार्क नागरिक ६० जना, बिदेशी नागरिक २ सय ३७ जना गरेर १७ हजार २ सय ९७ पर्यटक रारा पुगेका रारा राष्टिय निकुञ्जको कार्यालय हुटु मुुगुका निमित्त कार्यालय प्रमुख जयहरी धितालले बताए ।

गत वर्ष ११ हजार पर्यटक रारा पुगेका थिए । यो वर्ष ६ हजारले वृद्धि भएको छ । रारा घुम्ने समय फागुनदेखि असार अन्तिमसम्म र असोजदेखि मंसिर महिनासम्म उपयुक्त मौसम मानिन्छ ।

सडक र हवाई यातायात सहज हुँदै जान थालेपछि रारामा पर्यटकको संख्यामा बढ्दै जान थालेको हो । पछिल्लो पटक अधिकांश आन्तरिक पर्यटक कर्णाली राजमार्ग हुँदै दैलेख, कालीकोट, जुम्ला, सिंजा क्षेत्र अवलोकन गर्दै रारा पुग्ने गरेका छन् । हवाई मार्गभन्दा राजमार्गबाट पर्यटक रारा आउन रमाउने गरेका छन् ।

रारा कर्णाली प्रदेशको मुगु जिल्लामा पर्ने नेपालको सबै भन्दा ठुलो प्राकृतिक निर्मित ताल हो । स्वर्गकी रानीको रुपमा परिचित रारा यतिवेला आन्तरिक पर्यटकको रोजाईमा परेकोछ । कर्णाली राजमार्गको अवरुद्ध भएको थियो वर्खा सकिय लगतै दिनहु रारा जाने पर्यटक बढे संगै रारा जाने आन्तरिक तथा वाह्य पर्यटकको बुकिङ्ग पनि बढ्दै गएको रारा पर्यटन विकास समितिका अध्यक्ष तथा रारा एड्भेन्चर प्रा.लि.का प्रबन्ध निर्देशक देबिकृष्ण रोकाया बताउन्छन् । असोज देहि मंसिर सम्म रारा जाने सिजन हो यो वेला मौसम सफा हुने रारायात्रा रमणिय र आन्नद हुन्छ । साहासिक पर्यटकका लागी पुस, माग र फागुनमा पनि रारा यात्रा रमणिय हुन्छ । हिउदमा रारा वरिपरि हउिले ढपक्क ढाकेको हुन्छ हिउमा चिपलेटि खेल्न सकिन्छ ।

समुन्द्री सतहबाट २ हजार ९ सय ७२ मिटर उचाइमा रहेको रारा तालको सौन्दर्य हेरेर दंग नहुने सायदै कोही नहोला । सफा, कञ्चन निलो बैजनी, सिम्रिक अनि कहिले खैरो । मौसम अनुसार दिनमै चार पाँच चोटी फेरिने राराको पानीको रङ्गमा सिन्जे र कान्जिरोवा हिमालको छाँया मिसिएपछिको दृश्य वर्णन गर्न लाएकको हुन्छ । अनि रारा साँच्चिकै धर्तीको स्वर्ग जस्तो देखिन्छ ।

गत वर्षको साउन देखि असार अन्तिम सम्म रारा राष्ट्रिय निकुञ्जको कार्यालयले ४५ लाख ९८ हजार ८ सय ७१ रुपैयाँ राजस्व उठाउन सफल भएको रारा राष्टिय निकुञ्जको कार्यालय हुटु मुगुले जनाएको छ ।

सकारात्मक पक्षको साथै यस ठाँउको केही नकारात्म पक्षहरु पनि छन् जसलाई हामीले अन्देखा गर्न सक्दैनौ । कर्णाली राजमार्ग व्यवस्थित नहुदाँ ताल्च विमानस्थलमा पनि नियमित हवाई उडान हनु सकेको छैन् । यसले गर्दा रारा पुग्ने पर्यटक एक पटक आईसकेपछि पुन आउन आनाकानी गर्ने गरेको पाइन्छ ।

नेपाली पर्यटकको लोभलाग्दो घुम्ने बानीको विकासलाई समयमै सरकार र सम्बन्धित निकायले उचित प्रयोग गरी राष्ट्रले नै अहिलेको भन्दा धेरै लाभ लिन सक्छ। पछिल्लो समय पर्यटन क्षेत्रमा भएको पूर्वाधारको विकास र मानिसहरूको घुमघाम अभिरुचि बढेकाले यस क्षेत्रको सम्भावनालाई अझ फराकिलो पारेको छ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...