Tuesday 10th March 2026
धनगढीमा अस्पतालको नाममा चर्च बनाएर धर्म प्रचार गर्ने भवन भत्काइयो
धनगढी । कैलालीको धनगढीमा अस्पताल खोल्ने भनेर बनाएको संरचनामा चर्चसहित क्रिस्चियन धर्म प्रचार गरेको पाइएपछि भत्काइएको छ । ती संस्थाको सोमबार व्यवसाय दर्ता खारेज गरिएको थियो ।
कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मनेहरामा अस्पतालका नाममा चर्च सञ्चालन गर्ने लेट मी इन र नेपाल लाइफ वल्र्ड मिसनको दर्ता खारेज गरी मंगलबार अबैधरुपमा बनाइएका संरचनामा डोजर तथा नगर प्रहरी लगाएर भत्काइएको हो ।
वडा नम्बर ७ कार्यालयमा लेट मी इन धनगढी प्रालि नामको संस्थाले गत वर्ष साउन २२ गते सीपमूलक तालिम तथा परामर्श सेवा सञ्चालन गर्ने उद्देश्य राखेर व्यवसाय दर्ता गराएको थियो । त्यस्तै, नेपाल लाइफ वल्र्ड मिसनले गत बैशाख १६ गते सेमिनार, तालिम आदि कार्य गर्ने उद्देश्यसहित व्यवसाय दर्ता गराएको थियो ।
यसअघि लेट मी इन संस्थाले छालाको अस्पताल खोल्ने भनेर धनगढीका एक जग्गाधनीबाट साढे चार कठ्ठा जमिन चर्को रकम तिर्ने गरी भाडामा लिएको बताइएको छ । सो संस्थाले अस्पतालको लागि भनेर भवन तथा अन्य संरचना निर्माण गरेको थियो । निर्मित भवन नक्सा पास मापदण्डविपरित रहेको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।
तर, अस्पताल सञ्चालनमा ल्याइएन । सो भवनमा दुई जना कोरियन नागरिक र सोलुखुम्बुका एक जना पाष्टर राखेर चर्च सञ्चालन गरिएपछि स्थानीयले विरोध गरेका थिए । स्थानीयलाई छालाको अस्पताल बनाइरहेको भन्दै झुक्याइएको थियो भने वडा नम्बर ७ बाट पनि तालिम चलाउने सेमिनार हल भनेर इजाजत लिइएको थियो ।
तर इजाजत भन्दा फरक ब्यवसाय भएको भन्दै धनगढी उपमहानगरपालिकाले अनुमति खारेज गर्दै मंगलबार डोजर चलाएको हो । उपमहानगरपालिकाका तीन वटा डोजर र नगर प्रहरीले उक्त भवन भत्काएको छ । त्यस भवनमा केही दिन यता चर्च सञ्चालनमा थियो ।
अस्पताल बनाउने भन्दै झुक्याएर चर्चमा संगती हुन थालेपछि स्थानीयले विरोध गरेका थिए । उनीहरुले उपमहानगरपालिकामा उजुरी पनि हालेका थिए । यसअघि उपमहानगरपालिकाले लेट मेइन धनगढी प्रालिलाई २४ घण्टा भित्र लिखित जवाफ दिन पत्र काटेपछि सो अवधीभित्र उसले जवाफ नफर्काएको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।
स्थानीयको विरोध र गुनासोका साथै विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन, प्रसारणपछि जिल्ला प्रशासन कार्यालय कैलाली र धनगढी उपमहानगरपालिकाले तत्काल कारबाही अघि बढाएको थियो ।
धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकला रानाका अनुसार साउन १० गतेदेखि सो ’boutमा छानबनि अघि बढाइएको थियो । छानबिनका क्रममा दुवै संस्थाले उद्देश्य विपरित काम गरिरहेको पाइएकाले दर्ता खारेज गरी अस्पताल बनाउने भनेर चर्च बनाएकोले त्यहाँ रहेका भौतिक संरचनाहरु भत्काइएको उपप्रमुख रानाले जानकारी दिइन् ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
