Tuesday 10th March 2026

विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय बाँसबारीद्वारा ३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा गोष्ठी आयोजना

३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय बाँसबारीले बुधवार प्रवचन गोष्ठी सम्पन्न गरेको छ । प्रमुख अतिथी पूर्व प्रधान सेनापती प्यारजङ्ग थापा तथा अन्य वक्ताहरु राष्ट्रनिर्माता पृथ्वीनारायण वृतचित्र निर्माता एवं अन्तर्राष्ट्रिय महासचिव अमरकेशर सिंह, सम्मानित व्यक्तित्व भरत बस्न्यात, प्राध्यापक सुरेन्द्र के सी , पूर्व राजदूत रामभक्त ठाकुर , पूर्वमन्त्री दीनबन्धु अर्याल, प्राज्ञ दिनेशराज पन्त, सर्वोच्चका पूर्व न्यायाधीश एवम् नेपाल राष्ट्रिय समितिका सभापति राजेन्द्रकुमार भण्डारीले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानको विषयमा विचार व्यक्त गर्नुभयो । प्रमुख अतिथिज्यूले दीप प्रज्वलन र पृथ्वी तस्वीरमा माल्यार्पण गर्दैगर्दा राष्ट्रिय समिति सचिव पं लेखनाथ न्यौपाने र पं पूर्ण खतिवडाले वैदिक स्वस्तिवाचन गरेर कार्यक्रम प्रारम्भ गरिएको थियो । कार्यक्रममा वरिष्ठ अधिवक्ता विष्णु भट्टराई, समाजसेवीहरु शोभित उप्रेती, मदनदास श्रेष्ठ, मणि सत्याल, अन्तर्राष्ट्रिय समितिका पदाधिकारी उपाध्यक्ष शोभा मास्के, सचिवद्वय मीना सुवेदी र भोला दाहाल कोषाध्यक्ष राधेश्याम थापा, तथा केन्द्रीय सदस्यज्यूहरु, विभिन्न धार्मिक संघसंस्थाका प्रतिनिधित्व गर्दै दक्षिण यशियाली ज्योतिष महासंघ सभापति आचार्य लक्ष्मण पन्थी, श्रीकृष्ण प्रणामी सेवा समितिका पूर्व अध्यक्ष श्याम के सी, वैरागी अखाडाबाट रामस्वरुप दास वैष्णव, अन्तर्राष्ट्रिय श्रीकृष्ण भावनामृत संघका भानुभक्त जोशी, सनातन धर्म सेवा समितिबाट ध्रुवराज पाण्डे, गायत्री परिवारका साधक लक्ष्मण सापकोटा, जैन महिला मण्डलका प्रतिनिधि, बाइजुराज महिला समिति प्रतिनिधि,नेपाल राष्ट्रिय समितिबाट महासचिव उत्तमराज भण्डारी, सचिव पं लेखनाथ न्यौपाने, केन्द्रीय सदस्यहरु अम्बर के सी चेतना शाही, पूर्ण खतिवडा, नानीराम केसी, पं घनश्याम सुवेदी, हरिहर पौडेल, कुमार थापा लगायतको सहभागिता रहेको थियो। अन्तर्राष्ट्रिय समितिका अध्यक्ष अस्मिता भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा पृथ्वी विचार अभियन्ता समाजसेवी भरत बस्नेतलाई सम्मान गरिएको थियो ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...