Friday 1st May 2026

नवरात्रको तेस्रो दिन ”देवी चन्द्रघण्टा”को बिशेषता


नवरात्रको तेस्रो दिन नव दुर्गाका नौवटा स्वरुप मध्ये चन्द्रघण्टा स्वरूप नवदुर्गा भवानीको आराधना गरिन्छ । चन्द्रघण्टा नामले देवी दुर्गा आफ्नो तृतीय स्वरूपमा प्रसिद्द हुनुहुन्छ । वहाँको शिरमा घण्टीको आकर जस्तै अर्धचन्द्र धारण गरेकी हुनाले चन्द्रघण्टा नाम रहन गएको हो । वहाँको शारीरिक वर्ण स्वर्णको जस्तै छ, दस बाहुले युक्त देवी चन्द्रघण्टा त्रिशूल, गदा, तरवार, कमण्डलु, धनुष, बाण, कमल पुष्प, अक्षर माला धारण गरेकी साथै वरद तथा अभय मुद्रा प्रदर्शित गरेकी चन्द्रघण्टाको वाहन बाघ हो । चन्द्रघण्टा नाना प्रकारको रत्न जड़ित आभूषण धारण गर्ने र सर्वदा युद्धको लागि तत्पर रहनुहुन्छ ।

देवी चन्द्रघण्टाको घण्ट को ध्वनिबाट भूत-प्रेत बाधा भागेर जानेछन् र अत्याचारी दानव तथा दैत्य प्रकम्पित रहन्छन् भन्ने धार्मिक विश्वास रहेको छ । शत्रु तथा दुष्टको दमन गर्नको निमित्त देवी सदा सर्वदा तत्पर रहेपनि वहाँको स्वरूप भने सौम्य तथा शान्तिदायक नै छ । वहाँको प्रसिद्धि सौम्यता या सौम्य स्वभावको साथै वीरता निर्भीकता तथा युद्ध कौशलको लागि रहेको छ । परिणामस्वरूप वहाँका साधकपनि वीर तथा सौम्य स्वभाव वाला नै हुनेछन् । चन्द्रघण्टाको उपासक सिंह या बाघको जस्तै पराक्रमी तथा निर्भीक हुन्छन्, साथै सदगुणता, वीरता तथा विनम्रताको विकास हुन्छ तथा शरीरमा कान्ति र गुणको वृद्धि हुनेछ ।

आफ्नो दिव्य ध्वनिबाट भूत-प्रेत बाधाहरू हटाउनुका साथै देवी चन्द्रघण्टाको कृपाले भक्तको सबै प्रकारको पाप तथा बाधाहररू हटाई आफ्नो भक्तका दुःख, कष्टको निवारण देवीले शीघ्र नै गरिदिनुहुन्छ भन्ने जनविश्वास रहेको छ । देवीका भक्त जहाँ जहाँ पुग्छन् त्यहाँ आफ्नो दिव्य अलौकिक छठाको कारण त्यहाँ उपस्थित सबै सुख तथा शान्तिको अनुभव गर्दछन् ।

नवरात्रको तेस्रोदिन अर्थात् आश्विन शुल्क तृतीयाको दिन यिनै चन्द्रघण्टाको ध्यान, उपासना, पाठ एवं आराधना गरिन्छ । चन्द्रघण्टाको आराधना गर्नाले सबैप्रकारको दुःख, कष्ट नाशहुने र सबैप्रकारको बाधा हट्ने जनविश्वास छ । चन्द्रघण्टालाई श्रद्धा भक्तिले गरिएको सबै प्रकारको पूजा, फलफूल, पकवान्, एवं पुष्पहरू प्रिय छन् । विशेषगरि चन्द्रघण्टालाई दुधको परिकार प्रिय छ । चन्द्रघण्टालाई वैज्ञानिक दृष्टिले Sound अर्थात् सम्पूर्ण ध्वनि शक्तिको स्वरूप मानिन्छ ।
साभार : ब्लग – साहित्य/अध्यात्म

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...