Tuesday 10th March 2026

देश अनुसारको भाइटीका साइत सार्वजनिक

अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपाल लगायत नेपाल बाहिरका लागि भाइटिका लगाउने उत्तम साइत सार्वजनिक गरेको छ । समितिको मङ्गलबार बसेको बैठकले नेपालमा स्थानिय समय अनुसार ११ बजेर ३० मिनेट जाँदा उत्तम साइत रहेको र नेपाल सहित अन्य २४ वटा देशमा टीका लगाउने सही समय तय गरेको समितिका अध्यक्ष प्रा.डा. माधवप्रसाद भट्टराईले जानकारी दिनुभएको छ । उहाँका अनुसार धेरै नेपालीको बसोबास रहेको क्षेत्रमा माग बमोजिम टीकाको साइत तयार पारिएको र अहिले अमेरिकाका लागि त्यहीँको समयसँग मिल्दो पात्रो बनाउने काम समेत चलिरहेको भन्दै विदेशमा बस्नेहरूको लागि पनि भाइटिका अन्यौल नहोस् भनेर त्यहीको ग्रहको दृष्टि अनुसार समय यकिन गरिएको जानकारी दिनुभयो ।
समितिका सदस्य सचिव आचार्य सन्तोष वाशिष्ठले अघिल्लो वर्ष विदेशमा समेत टीका लगाउने यकिन समय तय गरिएकोमा यो वर्ष झनै धेरै देशबाट यसको माग भएकोले माग बमोजिम २४ वटा देशमा टीका लगाउने साइत जुराइएको जानकारी दिनुभयो । बैठकले निर्णय गरी विज्ञप्ती मार्फत शुभ साइत सार्वजनिक गरिएको समितिका सदस्य लक्ष्मण पन्थीले जानकारी दिनुभयो । यस सम्बन्धि सम्पूर्ण बिवरण यसैसाथ छ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...