Wednesday 4th March 2026

काग तिहारका दिन हाँस्य ब्यङ्गात्मक कार्यक्रम “आलु पाटी ” गरिँदै ।

बिगत ४ दशकदेखि निरन्तर आयोजना गरिँदै आएको हाँस्य ब्यङ्गात्मक कार्यक्रम “आलु पार्टी”यो बर्ष कोबिड महामारीका कारण अनलाइन माध्यमबाट गरिने भएको छ। बि.सं.२०३४ सालदेखि तत्कालीन चर्चित हाँस्य ब्यङ्गकार राम कुमार पाँडे,बाशुदेव लुइँटेल,टेकबहादुर मुखिया,दाताराम शर्मा,बाशुदेव रिमाल”यात्री” लगायतका साहित्यकारहरूको अगुवाइमा सुरु गरिएको यस कार्यक्रमलाई पहिलोपटक अनलाइन माध्यमबाट गरिन लागिएको हो। आलुकै प्रतिमा बनाइ प्रतिकात्मक रुपमा विभिन्न उपमा दिइ आलुका परिकार सहित हाँस्य ब्यङ्गात्मक प्रस्तुतीहरूका साथ प्रत्येक बर्ष काग तिहारका दिन जावलाखेल स्थित पाँडे प्याराडाइजमा मानाइँदै आएको यस कार्यक्रमलाई यो बर्ष विभिन्न सामाजिक संजालबाट प्रत्यक्ष प्रशारण गरिने हुँदा संसारभर एकैसाथ हेर्न र सुन्न सकिने आयोजक संस्था हाँस्य ब्यङ्ग समाज नेपाल तथा नेपाल हाइकू केन्द्रका शिरोमणि दवाडीले जानकारी दिनुभयो। कार्यक्रमको प्रस्तुतकर्ता हाँस्य ब्यङ्ग समाज नेपाल रहेको छ भने साहित्य संचार नेपाल, नेपाल हाइकू केन्द्र, आध्यात्मिक पत्रकार समाज ( आपस) ले सहकार्य गर्ने भएका छन् । यस कार्यक्रमका संस्थापक मध्येका एक वरिष्ठ हाँस्य ब्यङ्गकार राम कुमार पाँडेका अनुसार यस अघिका कार्यक्रममा प्रत्यक्ष उपस्थित हुने कलाकार र साहित्यकारको प्रस्तुती रहने गरेकोमा यस बर्ष अनलाइन ( जुम ) को माध्यमबाट संसारको कुनै पनि कुनाबाट सहभागी हुन इच्छुक प्रतिभाहरूले सहभागिता जनाउन सक्नेछन् । बिगतमा सहभागी हुँदै आएका कलाकारहरू शैलेन्द्र सिंखडा, दिपक राज गिरी, दिपाश्री निरौला, जितु नेपाल,दमन रुपाखेती, डम्बर घिमिरे,घनश्याम गौतम,टेक बहादुर कोइराला तथा साहित्यकारहरू प्रा. राम कुमार पाँडे,डा. बम बहादुर जिताली,हृदय प्रसाद मिश्र,बाशुदेव गुरागाइँ,मित्रबन्धु पौडेल तथा कार्टुनिष्ट अशोकमान, अमिन श्रेष्ठ लगायत अन्य परिचित तथा नव प्रतिभाहरूको पनि प्रस्तुती रहने बताइएको छ। कार्यक्रमले खित्का छोडेर हसाँउने मात्र नभइ राजनीतिक तथा सामाजिक बेथिति माथि प्रतिकात्मक ब्यङ्ग प्रहार गर्ने हुँदा यस ऐतिहासिक कार्यक्रमको गरिमा बढेको र यस बर्ष पनि अझ विशेष र पृथक रहने नेपाल हाइकु केन्द्रका उपाध्यक्ष मित्रबन्धु पौडेलले जानकारी दिनुभयो। कार्यक्रम कार्तिक २८ गते, कागतिहारका दिन दिउँसो ३ बजे आयोजना हुनेछ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...