Tuesday 3rd March 2026
उमाकान्त पौडेल स्मृति पत्रकारिता पुरस्कार दवाडीलाई प्रदान गरिने :

ललितपुर । नेपाल पत्रकार मञ्चले स्थापना गरेको श्री उमाकान्त पौडेल स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ सञ्चारकर्मी शिरोमणि दवाडीलाई प्रदान गर्ने निर्णय गरेको छ ।
ललितपुरको लाकुरी भन्ज्याङमा शनिवार सम्पन्न बैठकले झण्डै ३ दशकदेखि विभिन्न सञ्चारमाध्यममा क्रियाशील दवाडीलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
नेपाल पत्रकार मञ्चका पूर्व महासचिव राम पौडेलका स्वर्गीय पिता उमाकान्त पौडेलको स्मृतिमा स्थापना भएको उक्त पुरस्कार उपाध्यक्ष विमल थापाको संयोजकत्वमा गठित पुरस्कार छनौट समितिले दवाडीलाई प्रदान गर्ने निर्णय गरेको थियो ।
नेपाल पत्रकार मञ्चको स्थापना दिवसका अवसरमा आगामी चैत्र ३० गते विशेष कार्यक्रमका साथ दवाडीलाई उक्त पुरस्कार प्रदान गरिने नेपाल पत्रकार मञ्चका अध्यक्ष युवराज विद्रोहीले जानकारी दिए ।
यसैगरी, बैठकमा शिक्षासेवी नारायण आचार्यका स्वर्गीय मातापिता यानकुमारी आचार्य तथा इन्द्रप्रसाद आचार्यको स्मृतिमा श्री इन्द्रप्रसाद–यानकुमारी आचार्य स्मृति शैक्षिक पत्रकारिता पुरस्कार घोषणा गरिएको छ । ११ हजार १ सय ११ रुपैयाँ राशीको उक्त पुरस्कार शैक्षिक पत्रकारिताको क्षेत्रमा सक्रिय योगदान गर्ने एकजना पत्रकारलाई हरेक बर्ष प्रदान गरिनेछ ।
बैठकले पुरस्कार स्थापना गर्ने पौडेल र आचार्यलाई कृतज्ञता प्रकट गर्दै हरेक बर्ष पत्रकारिताका विभिन्न विधामा योगदान गर्ने पत्रकारहरुलाई विभिन्न १० विधामा पुरस्कार प्रदान गर्दैै आएको नेपाल पत्रकार मञ्चले जनाएको छ ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
