Tuesday 3rd March 2026

प्रदीप सापकोटाको ‘यात्राको लय’ सार्वजनिक

काठमाडौं। नियात्राकार प्रदीप सापकोटाको नियात्रा कृति ‘यात्राको लय’ द्धितिय संस्करण सार्वजनिक भएको छ ।

राजधानीमा बुधबार आयोजित कार्यक्रममा प्रा.डा.लक्ष्मणप्रसाद गौतम,श्रीओम श्रेष्ठ रोदन,प्रमोद प्रधान,डा.सृजना शर्मा,छविरमण सिलवाल,लेखनाथ हुमागाईं,केशव पराजुली र नियात्राकारले उक्त कृति सार्वजनिक गरे ।

कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.गौतमले सापकोटाको नियात्रा सरल र पाठकलाई डोर्याएर लाने सामाथ्र्य भएको बताए ।लेखनीमा इमान्दार हुनुपर्ने भन्दै सापकोटाले नियात्राकार इमान्दार रहेको देखिएको बताए ।

कृतिमाथि परिचर्चा गर्दै वरिष्ठ समालोचक प्रमोद प्रधानले सापकोटाको नियात्रा द्धन्दकालीन समयको चित्र भएको बताए । उनले भने -‘निजात्मक अनुभूति र जानकारीमूलक नियात्रा लेखनीमा लागेका सापकोटाको कृतिले स साना दृश्यलाई अनुभूतिमय ढंगले लेखिएको छ ।’
लेखकका गुरु लेखनाथ हुमागाईंले आफ्नो शिष्यको साहित्य सिर्जनाले खुशी भएको भन्दै उनको विद्यालय जीवनको समेत जानकारी दिए ।

अर्का चर्चाकार डा.सृजना शर्माले कृतिले विभिन्न यात्राका क्रममा भोगेका दुःख र पीडा,राष्ट्रियता र छिमेकीका हेपाहा प्रवृत्तिको वारेमा चर्चा गरिएको बताइन । कृतिले पाठकलाई संगै घुमाउने उनको भनाई थियो । ‘यात्राको लयले पूर्वदेखि सुदुर पश्चिमसम्मका विभिन्न स्थानहरुसम्म पाठकलाई लैजान्छ । ‘

साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले नियात्रा यथार्थको जगमा उभिएर लेखिनुपर्ने बताए । स्रष्टा नियात्रा मात्र नभएर निजात्मक निबन्ध लेखनीमा समेत क्रियाशिल स्रष्टा भएको बताए ।

लेखकका गुरु लेखनाथ हुमागाईंले आफ्नो शिष्यको साहित्य सिर्जनाले खुशी भएको भन्दै उनको विद्यालय जीवनको समेत जानकारी दिए ।

नियात्राकार सापकोटाले आफु लेख्न रहर गर्ने व्यक्ति भएपनि असल पाठक भएको बताए ।

नियात्राकार पवन आलोकले सापकोटाको सरल र सबैसंग घुलमिल हुने बानी रहेको भन्दै कृतिको सफलताको निम्ति शुभकामना दिए । अर्का साहित्यकार किशोर पहाडीले सापकोटासँग चिनजानको प्रसङ्ग कोट्याए । साहित्यिक पत्रकार संघका राधेश्याम लेकालीले वहुआयामिक व्यक्तित्वको रुपमा सापकोटालाई चिनेको बताए ।
भुँडीपुराणका प्रबन्ध निर्देशक केशव पराजुलीले सापकोटालाई आफुले परिवारको सदस्यको रुपमा लिएको बताए ।
उक्त कार्यक्रमको सभापतित्व श्रीओम श्रेष्ठ रोदनले गरेका थिए ।

सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजनामा भएको उक्त कार्यक्रमको सहजिकरण प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवाल तथा स्वागत कोषाध्यक्ष तारा केसीले गरिन् ।

‘यात्राको लय’ लाई भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको हो ।यसको मूल्य रु.३००। रहेको छ ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...