Tuesday 3rd March 2026

आज श्री वल्लभ जयन्ती पनि मनाइदैँ

काठमाडौं । आज श्री वल्लभ जयन्ती पनि हो, हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होसारसँगै श्री वल्लभ जयन्ती पनि मनाइन्छ । आचार्य श्री वल्लभ एक महान् दार्शनिक र भक्ति मार्गको प्रखर प्रवक्ता थिए । श्री वल्लभाचार्यले अनेक भाषा, ग्रन्थ एवं स्तोत्रहरूको रचना गरेका छन् ।
जस मध्य यमुनाष्टक, बालबोध, सिद्धान्त मुक्तावली, पुष्टिप्रवाहमर्यादाभेद, सिद्धान्तरहस्य, नवरत्नस्तोत्र आदीलाई उनको चर्चित रचनाहरूको रूपमा स्मरण गरिन्छ । त्यसबाहेक श्री वल्लभले संस्कृत भाषामा भएका थुप्रै ग्रन्थहरूलाई सर्वसाधारणले बुझ्न सहज हुने गरी सरल भाषामा अनुवाद गरेका छन् ।
सानो उमेरदेखि नै प्रतिभाशालि श्री वल्लभले तेह्र वर्षको उमेरमा वेद–वेदांग आदि जस्ता सबै धर्मशास्त्रहरूको पूर्ण अध्ययन गरि सकेका थिए ।

श्री वल्लभले शङ्कराचार्यको उपदेशहरूको खण्डन गर्दै ब्रह्माले पनि यो जगतको सत्यता नबुझेको भनी बताएको कारण उनका दार्शनिक सोचलाई ‘शुद्ध द्वैत’ पनि भनिने गरिन्छ ।उनको दार्शनिक सोचहरूबाट अति प्रेरित भएर त्यस बेलाको विजय नगरका राजाले श्री वल्लभलाई श्रीमद् आचार्यको उपाधिले विभूषित गरेका थिए । त्यस बेला देखि नै श्री वल्लभ महाप्रभु वल्लभाचार्यको रूपमा प्रतिष्ठित रहेका छन् ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...