Thursday 9th April 2026

‘अक्षत अन्टार्कटिका’ ले पायो सारस्वत रत्न पुरस्कार


चितवन । रत्ननगर वाङ्मय प्रतिष्ठानले नियात्रासङ्ग्रह ‘अक्षत अन्टार्कटिका’ का लागि सारस्वत रत्न पुरस्कार – २०८१ बाट लेखक जीवा लामिछानेलाई सम्मान गरेको छ ।

पुरस्कार प्रतिष्ठानका अध्यक्ष रामबाबु घिमिरे र रत्ननगर नगरपालिकाका उपप्रमुख यादव पाठकले लामिछानेलाई सम्मान गरे।रत्ननगर वाङ्मय प्रतिष्ठानको द्वितीय स्थापना दिवसको अवसरमा रत्ननगर नगरपालिकाको सभाहलमा १४२औँ लेखनाथ जयन्तीको सन्दर्भमा काव्यिक विवेचना भएको छ ।सोही कार्यक्रममा स्व.कल्पना अधिकारीको लकडाउन कवितासङ्ग्रह विमोचन गरिएको थियो ।

सो अवसरमा चितवन साहित्य परिषद्का पूर्वअध्यक्ष केदारनाथ खनाल, प्रा.अपिल अज्ञात, प्रा. चेतराज रेग्मी,समालोचक उदय अधिकारी र लक्ष्मण अर्यालले कविशिरोमणि लेखनाथ पौड्यालले नेपाली साहित्यमा दिएको योगदानको विवेचना गरेका थिए ।
कार्यक्रममा कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्री, साहित्यकार धनराज गिरी, राजेन्द्र घायल, रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनाल, पूर्व नगरप्रमुख नारायण वन, भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेल लगायतले सम्मानित स्रष्टाप्रति शुभकामना दिँदै रचनावाचन गरेका थिए ।

कार्यक्रममा सम्मानित स्रष्टा जीवा लामिछानेले कविशिरोमणि लेखनाथ पौड्यालको कृति बाल्यकालमा पढेको स्मरण गर्दै उनका सिर्जनाबाट ‘व्यङ्ग्य, विद्रोह, चिन्ता र दर्शन’ पाइने उल्लेख गरे । उनले रत्ननगर वाङ्मय प्रतिष्ठानले आफूलाई सम्मानित गरेकोमा आभार प्रकट गर्दै उनले पुरस्कार रकममा दुई लाख
थप गरी वाल्मीकि साहित्य सदनको अक्षयकोषमा जम्मा गर्ने प्रतिबद्धता जनाए । यस्तै, चितवन साहित्य परिषद्का लागि पनि आफ्नी आमाको नामबाट ५० हजार रुपैयाँको अक्षयकोष घोषणा गर्दै सो रकमबाट महिला स्रष्टालाई सम्मान गर्ने बताए ।
प्रतिष्ठानका अध्यक्ष रामबाबु घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुखअतिथि नगरउपप्रमुख यादवप्रसाद पाठकले आफू असल बनेर अरुलाई असल बनाउने कार्यमा स्रष्टाहरुले आफ्नो रचनामार्फत सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रमको सहजीकरण प्रतिष्ठानका सदस्य सचिव विश्वनाथ खनालले गरेका थिए ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...