Friday 13th February 2026
संयुक्त राष्ट्र संघमा नेपाली गुरुहरूद्वारा ध्यान विषयक प्रस्तुति साथै ध्यान कार्यक्रम संचालन :
दोस्रो विश्व ध्यान दिवसका अवसरमा संयुक्त राष्ट्र संघले न्यूयोर्क स्थित मुख्यालयमा डिसेम्बर १९ मा आयोजना गरेको दुईवटा कार्यक्रममा चर्चित ध्यान गुरुद्वय रमेश नेपाल र एल पी भानु शर्माले ध्यान गराउँदै यसलाई अङ्गाल्न विश्व समुदायलाई आव्हान गर्नुभएको छ ।
दोस्रो विश्व ध्यान दिवसका अवसरमा संयुक्त राष्ट्र संघले न्यूयोर्क स्थित मुख्यालयमा डिसेम्बर १९ मा आयोजना गरेको ‘विश्वव्यापी शान्ति र सद्भावको लागि ध्यान’ कार्यक्रममा नेपालका तर्फबाट जीवन विज्ञान प्रतिष्ठानका संस्थापक श्रद्धेय गुरु एल पि भानु शर्माले आधुनिक विश्वका चुनौतीहरूको सामना गर्न प्रत्येक मानवको मन स्थिर हुनु पर्ने स्पष्ट पार्दै त्यसका लागि ध्यान गर्न आव्हान गर्नुभएको हो ।संयुक्त राष्ट्रसंघले २१ डिसेम्बरलाई विश्व ध्यान दिवसका रूपमा मनाउन थाल्नु वैश्विक चेतनाको ऐतिहासिक क्षण भएको बताउँदै शर्माले परम्परागत कूटनीति र नीतिनिर्माणसँगै अब आन्तरिक जागरण, ध्यान र मानसिक स्वास्थ्यलाई पनि विश्व शान्तिको पूर्वाधारका रूपमा स्वीकार गरिएकोमा खुसी व्यक्त गर्नुभयो ।

ध्यानको अभ्यासले मात्र विश्वव्यापी शान्ति निर्माणमा निर्णायक भूमिका खेल्ने बताउँदै,विज्ञान प्रविधिको प्रगति भन्दा मानिसको तनाव, वैमनस्यता र मानसिक अस्थिरता बढिरहेको तथ्य औल्याउँदै द्वन्द्व बाहिरी रूपमा देखिए पनि त्यसको मूल कारण मानवको अस्थिर मन भएको बताउनुभयो । त्यसको लागि मानिसको मन स्थिर बनाउने प्रशिक्षण दिनु पर्ने बताउँदै ध्यानले मानिसको मन स्थिर बनाउने स्पष्ट पार्नुभयो । नेपालले गौतम बुद्धको जन्मभूमिका रूपमा शान्ति, करुणा र आत्म–अनुशासनका अभ्यासहरूको दीगो परम्परा जोगाइरहेको उल्लेख गर्दै, यी अभ्यासहरू हार्वर्ड, स्ट्यानफोर्ड र अक्सफोर्ड जस्ता विश्वविद्यालयका अनुसन्धानहरूले वैज्ञानिक तवरले पुष्टि गरिरहेको बताउनुभयो ।
मानिसमा अन्तर्निहित सूक्ष्म ऊर्जारुपी चक्र योग, प्राणायाम र ध्यानमार्फत् सक्रिय गर्दै मानवीय चेतना जगाउने विज्ञान कल्पना नभई प्रमाणमा आधारित विज्ञान भएको तथ्य प्रस्तुत गर्नुभयो । यसमा जीवन विज्ञान प्रतिष्ठानले प्राचीन आध्यात्मिक ज्ञानलाई आधुनिक अनुसन्धान, प्रशिक्षण र स्वास्थ्यको अभियानमा जोडिरहेको उल्लेख गर्नुभयो ।
एल पि भानु शर्माले नेपालका तर्फबाट विश्व समुदायलाई शरीर, मन र आन्तरिक ऊर्जाको समन्वयद्वारा स्पष्टता, करुणा र सचेत नेतृत्व विकास गर्न आव्हान गर्नुभयो । उहाँले तनावभन्दा छिटो ज्ञान फैलाउन, उपलब्ध ध्यानको अभ्यासलाई डिजिटल प्रविधिको प्रयोग गर्दे विश्वभर पहुँचयोग्य बनाउन र निर्णय प्रक्रियामा सचेत नेतृत्व बढाउन जागरणकोआव्हान गर्नुभयो ।
मानसिक स्वास्थ्यलाई पूर्वाधारका रूपमा विकास गर्न शिक्षामा ध्यान र सम्वेगात्मक बुद्धिमत्ता समावेश गर्नुपर्ने, स्वास्थ्य क्षेत्रमा मानसिक ऊर्जा सन्तुलनको अभ्यास गर्नुपर्न,कूटनीतिक तथा कार्यकारी नेतृत्वका लागि ध्यान प्रशिक्षण गर्नुपर्ने, ध्यानलाई डिजिटल माध्यममार्फत सर्वसुलभ बनाउनु पर्ने कुरामा जोड दिनुभयो।शर्माले ध्यानका विभिन्न आयामको चर्चा गर्दै व्यक्तिभित्रका सम्भावना जगाउन शरीरका ऊर्जा केन्द्रहरू चिन्ने र सक्रिय गराउने स्वजागरण अभियान विश्वभर प्रयोग गर्नुपर्ने बताउनुभयो। यसका लागि नेपालका तर्फबाट जीवन विज्ञानले स्वजागरण अभियान (The Awakening Project ) सुरु गरेको जानकारी दिनुभयो ।

यसका लागि नेपालले आवश्यक पूर्वाधार, प्रशिक्षक र कार्यक्रमहरू तयार गरी विश्व सहकार्यका लागि तयार रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाल, भारत, श्रीलङ्का, एण्डोरा र मेक्सिकोका स्थायी प्रतिनिधिले ध्यान दिवस मनाउनुको उद्देश्य प्रस्ट पारेका थिए ।
यस्तै संयुक्त राष्ट्र संघको मुख्यालयमै विभिन्न समुदायका लागि नेपालले आयोजना गरेको ‘जागृत मनः शान्ति, स्वास्थ्य र सद्भावको बाटो’ कार्यक्रममा सहभागीलाई ध्यान गुरु रमेश नेपालले ध्यान गराउँदै ध्यानले शरीरमा रहेको शक्ति जगाउने र सक्रिय गराउने बताउनु भयो । ध्यानले मनलाई शान्ति र सकारात्मकता दिने बताउँदै जीवनीशक्ति सबल बनाउने ध्यानको उद्देश्य भएको स्पष्ट पार्नुभयो ।

उहाँले ध्यानको अभ्यासलाई मानिसको दैनिक जीवनसँग जोडनसके संसारबाट अशान्ति, कलह र तनावको अन्त्य हुने बताउँदै ध्यानलाई विश्वव्यापी बनाउनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा एल पि भानु शर्मासँगै श्री श्री रवि शंकरलगायत विभिन्न देशका गुरु तथा गुरुमाताको प्रस्तुति दिनुभएको थियो।
कार्यक्रममा संयुक्त राष्ट्र संघका उपमहासचिव अटुल खरे, संयुक्त राष्ट्र संघका लागि नेपाली स्थायी प्रतिनिधि लोक बहादुर थापा, जीवन विज्ञान प्रतिष्ठानकी अध्यक्ष श्रद्धेय देवी गुरुमालगायत विभिन्न देश र समुदायका प्रतिनिधिहरूको सहभागिता थियो ।
संयुक्त राष्ट्रसंघले सन् २०२४ मा घोषणा गरेको विश्व ध्यान दिवस हरेक वर्ष डिसेम्बर २१ मा मनाइन्छ ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
