Tuesday 3rd March 2026

पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा आचार्य पन्थी नियुक्त


नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको कार्यकारी निर्देशकमा आचार्य लक्ष्मण पन्थी नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी समेत सम्हालेकी प्रधानमन्त्री कार्कीले पन्थीलाई नियुक्त गरेकी हुन् । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार पन्थीलाई कार्यकारी निर्देशकमा नियुक्ति गरिएको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री जगदिश खरेलले जानकारी दिए ।
पन्थी खुला प्रतिस्पर्धाबाट नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको कार्यकारी निर्देशकमा नियुक्त भएका हुन् । सो पदका लागि पन्थीसँगै श्रीकेश कौशिकको नाम सिफारिस भएको थियो । पर्यटन मन्त्रालयको जिम्मेवारी पाएकी प्रधानमन्त्री कार्कीले पहिलो नम्बरमा सिफारिस भएका पन्थीलाई ४ वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्त गरेकी हुन् ।
नेपाल संस्कृत विश्वविद्यालयबाट विद्यावारिधि अनुसन्धानरत पन्थी विभिन्न धार्मिक तथा ज्योतिषीय संघसंस्थामा क्रियाशिल व्यक्ति हुन् । उनी नेपाल ज्योतिष परिषद्, दक्षिण एसियाली ज्योतिष महासंघ, विश्व ज्योतिष महासंघ, विश्व हिन्दु महासंघ लगायतका विभिन्न संस्थाको नेतृत्व तहमा रही कुशल कार्यसम्पादन गरेका थिए । पन्थी आध्यात्मिक पत्रकार समाज(आपस)का महासचिव समेत हुन्।
पन्थी नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको सदस्य समेत भएर काम गरिसकेका छन् । उनी अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका सदस्य सचिव समेत हुन् ।
कार्यकारी निर्देशकमा नियुक्त भएपछि पन्थीले सम्पूर्ण संस्कृति, परम्परा, रिति रिवाजको अपनत्व हुने आफुले कार्यसम्पादन गर्ने बताएका छन् ।
पञ्चाङ्ग निर्णायक समितिको अध्यक्षमा प्रा शम्भुप्रसाद ढकाल र सदस्यहरुमा प्रा देवमणि भट्टराई, उपप्राडा नारायणप्रसाद निरौला, रतिदेवि जोशी श्रेष्ठ र चेतराज उपाध्याय नियुक्ति भैसकेका छन् ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...