आजको मौसम पूर्वानुमान : केही भूभागमा वर्षाको सम्भावना

काठमाडौं। देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रहनेछ ।

बाँकी भूभागमा आंशिक बदली रहनेछ । गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ ।उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।काठमाडौंमा आज बिहान ६ बजेको भिजिविलिटी तीन किलोमिटर रहेको मौसमविदहरुले जनाएका छन् ।घाम लागेर दिन छिप्पिँदै जाँदा भिजिविलिटी घट्दै जान थालेको छ ।

वायु प्रदूषण उच्च हुँदा भिजिविलिटी न्यून हुँदै गएको छ । पछिल्लो साता काठमाडौं विश्वकै प्रदूषित सहरको सूचीमा अगाडि रहँदै आएको छ ।