काठमाडौँ– गायक रुद्र शेखर शर्मा र गायिका समिक्षा अधिकारिले ल्याए “के छ ओए सन्नानी” लोकप्रिय गायक रुद्र शेखर शर्मा र सुप्रसिद्द गायिका समिक्षा अधिकारीले गाएको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । प्रेमभावले भरिपूर्ण गीतमा गीतकार एवं गजलकार शशि शर्मा मजगैयाँको शब्द सिर्जना रहेको छ । “के छ ओए सान्नानी तिम्रो चालिमाली”बोलको गीत शुक्रबार आवाज इन्टरनेशनल युट्युव च्यानलबाट सार्वजनिक भएको हो । गीतमा मजगैयाँले आफै सङ्गीत भरेका छन् ।
गोविन्द अनेकले रेकर्ड गरेको गीतको सङ्गीत सम्योजन बिशाल निरौलाले गरेका छन् । समिक्षा पछिल्लो समयकी लोकप्रिय गायिका हुन् भने रुद्र पनि देश विदेशमा रुचाइएका गायक हुन् । रुद्र र समिक्षा निरन्तर सङ्गीत साधनामा लागिरहेका साधक हुन् ।
गजलकार मजगैयाँको प्रकाशोन्मुख नयाँ एल्बमको लागि यो गजल रेकर्ड गरिएको मजगैयाँले बताए । एल्बमको लागि अरु गीत तथा गजलहरु पनि रेकर्डको तयारीमा रहेको उनले जानकारी दिए । क्रान्ति केसीद्वारा निर्देशित गीतको छायांकन अर्जुन तिवारीले गरेका हुन् । ललितपुरको बज्रबाराहिमा खिचिएको गीतमा अहिलेका चर्चित मोडेलहरु सुधिर श्रेष्ठ र उषा उप्रेतीले अभिनय गरेका छन् ।