बाँधिए अस्मिता र महेश वैवाहिक जीवनमा

काठमाडौँ ।गायिका अस्मिता अधिकारी र गायक महेश काफ्ले वैवाहिक जीवनमा बाँधिएका छन् ।

उनीहरूले बिहीबार (आज) लगनगाँठो कसेका छन् । काठमाडौँमा आयोजना गरिएको विवाह समारोहमा दुवै तर्फका परिवार, आफन्त र निकट संगीतकर्मी सहभागी छन् ।

विवाह अगाडि हल्दी, मेहेन्दी लगायतका सेरेमोनी आयोजना भएको थियो । दुवैले गत असारमा दुबईस्थित संसारको अग्लो टावर ‘बुर्ज खलिफा’ अगाडि इन्गेजमेन्ट गरेका थिए । यी दुई लामो समयदेखि प्रेम सम्बन्धमा रहेका थिए । दुवैले साङ्गीतिक सहकार्य समेत गरेका छन् ।