Tuesday 3rd March 2026

“मेरै हातको सिन्दुर” सार्बजनिक,मुख्य अभिनयमा भुवन के पोखरेल

गीत सङ्गीतको दुनियाँमा जम्दै गरेका भुवन के पोखरेलको अभिनयमा आधारित मेरै हातको सिन्दुर बोलको आधुनिक गीत सार्वजनिक भएको छ । गायक बिनोद दनुवार, गायीका सुनिता तिमल्सिनाको स्वरमा रहेको यस गीतको शब्द सङ्गीत सन्तोष श्रेष्ठ को हो। म्युजिक भिडियो बिनोद दनुवार अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ। राजधानीमा आयोजित बिमोचित कार्यक्रममा जसपा केन्द्रिय उपाध्यक्ष तथा पुर्ब मन्त्री मा. मिर्गेन्द्र कुमार सिंह यादवको प्रमुख आतिथ्यमा गीत सार्वजनिक भएको थियो।विशिष्ठ अतिथिमा चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला हुनुहुन्थ्यो ।

सुरेश थापाले निर्देशन गर्नु भएको गीतमा चर्चित मोडल तथा कलाकार भुवन के पोखरेल र लक्ष्मी सुनारको अभिनय देख्न सकिन्छ। गीतको छाँयाकन प्रबेश पोखरेलले गरेका हुन। सुरज खनाल सभापति रेहेको उक्त कायक्रमा भिडियोमा अभिनय गर्ने कलाकार हरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो।

गीतमा दिवाकर भण्डरी, सपना कार्की,बिक्रम ठकुरीले साथ दिएका छन् ।
गीत निकै मार्मिक मर्मस्पर्सी रहेको गीतका मोडल भुवन के पोखरेलको भनाइ रहेको छ । यस गीतका मोडल पछिल्लो पटक चर्चामा रहेको सहरीया बुहारी नामक टेलिसिरियल अभिनय गर्दै आइरहेकी चर्चित कलाकार पनि हुन ।
। भुवनले अहिलेसम्म ३दर्जन भन्दा बढी म्युजिक भिडियो तथा बिभिन्न लोकप्रिय टेलिसिरियलहरुमा काम गर्दै आइरहेका छन । गितको प्रतिक्रिया दिंदै पोख्रेलले अहिलेका युवाहरुको बेदना पोखिएको र निकै मीठो लयमा बनेकोले दर्शकको मन जित्नेमा आफू ढुक्क रहेको बताएका छन ।।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...