Tuesday 3rd March 2026

सुकुम्बासी वस्तीमा हुकुमवासीको हैकम, पीडितलाई लखेटेर धनाड्यहरुको रजाइँ

७ फागुन  काठमाडौं । पुशपति क्षेत्र विकास कोषको जग्गामा केही भूमाफियाहरुको संरक्षणमा आफूलाई पनि सुकुम्बासी भन्ने देवी खरेलले हुकुमवासीको काम गरिरहेको पीडितहरुले आरोप लगाएका छन् । बुधबार राजधानीको संवाद डबलीमा पीडित तथा सरोकारवालाहरुले पत्रकार सम्मेलनको आयोजना गरी सुकुम्वासीको नाममा धनाड्यहरुले हुकुमचलाएको समेत आरोप लगाएका छन् ।

उनिहरुले पुशपति क्षेत्र विकास कोष अन्तरगतको कागेश्वरीमनोहरा नगरपालिका ८ गोठाटारमा रहेको सुकुम्वासी वस्तिको जमिन नियम विपरित मिलेमतोमा किनबेच तथा प्लटिङ् गरिएको जानकारी गराएका छन् ।

समाजिक अभियान्ता तारा बरालले सरकारले अव्यवस्थित तथा सुकुम्वासी नागरिकलाई वसोवासको लागि व्यवस्था गरिएपनि पछिल्लो समयमा मिलेमतोमा त्यसको किनबेच हुन थालेको खुलासा गरेकी छिन् । बरालले अव्यवस्थित तथा  भूमिहिन्, पीडितहरुको लागि गरिएको वसोवासको व्यवस्थालाई आर्थिक चलखेलको आधार बनाएको जिकिर गरेकी हुन् । बरालले देवी खरेल मुख्य भूमिकामा रहेर सम्बन्धित निकायकोसमेत मिलेमतोमा सो कार्य चलेको बताउँदै भनिन्,“संस्कृति मन्त्री, पशुपति विकास कोष, स्थानीय तहदेखि भूमाफियासमेत मिलेर सरकारी जग्गा कब्जा गरिहरेका छन्, अव यसको जिम्मा प्रधानमन्त्री केपी ओलीले लिनु पर्छ ।”

नेकपा(माओवादी केन्द्रका) नेता छविन्द्रराज काडेलले सो क्षेत्रमा राजानीतिक अवरणमा वास्तविक सुकुम्वासी पीडितहरुलाई लखेटी केही धनाड्यहरुसँग आर्थिक चलखेल गरिएको बताएका छन् । सामाजिक अभियान्तासमेत रहेका कँडेलले देवि खरेललाई बारमबार सम्झाउँदा पनि उनले कुरा नसुनेर आफू फस्ने खाडल खनिरहेको ठोकुवा गरे ।

दुर्गा प्रसाईँ अभियानका केन्द्रीय सदस्य कुमार बस्नेतले पशुपति जस्ता पवित्र धार्मिक तथा संस्कृतिक स्थलहरुलाई सरकारी स्तरबाटै मास्न खोज्नु दुर्भाग्य रहेको बताए । सो क्षेत्रबाट अविलम्ब वस्ति हटाउनु पर्ने मागसमेत राखे ।

अभियान्ता विष्णु रिमालले कृष्णमया उप्रेती जस्ता वास्तविक पीडतलाई बारम्बार तनाब दिएर हटाउने र दोस्रो मान्छे राखेर आर्थिक लेनदेन गर्नु गैर कानुनी भएको बताए ।
पीडत कृष्ण माया उप्रेतिले विगतमा आफू एक पीडित भएको कारण देवि खरेलले सो ठाउँमा राखेको भए पनि पछि खरेलले माग गरे अनुसारको रकम दिननसकेपछि आफूलाई हटाउन खोजिरहेको दुःखेसो व्यक्ति गरिन् ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...