Tuesday 10th March 2026

‘भ्यालेन्टाइन्स डे’ को राति  फिदिममा भयो अहिले सम्मकै ठुलो सांगीतिक कार्यक्रम

पाँचथर,फागुन ३। गायक दीपक बज्राचार्य र उनको रिदम ब्यान्डले ‘भ्यालेन्टाइन्स डे’ को दिन पाँचथरको सदरमुकाम फिदिममा अहिले सम्मकै सबैभन्दा ठुलो सांगीतिक प्रस्तुती दिएको छ । आयोजकले तालिका भन्दा २ घण्टा पछि मात्रै करिब राति १० बजे बज्राचार्यलाई स्टेजमा निमन्त्रणा गरेको थियो पहाडको चिसो हावा रात छिपिद्दै   गैरहेको थियो तर पनि पाँचथरसहित छिमेकी जिल्ला ताप्लेजुङ, तेह्रथुम र इलामसम्मका दर्शक बज्राचार्यको प्रस्तुति सुन्न कुरिरहेका थिए ।

स्टेज उक्लिनासाथ वाद्यवादन, प्राविधिक चेकजाच संगै इञ्जिनियरले आवाजको गुणस्तर सुनेर तारतम्य मिलेपछि बज्राचार्यले उपस्थित दर्शकलाई ज्याकेट फुकाउँदै छोटो सम्बोधन गर्दै सांगीतिक प्रस्तुति दिन थाले। ‘‘म त हावा सँगै आउँछु’ बोलको गीतबाट प्रस्तुति सुरु गरेको ब्याण्डले तेस्रो प्रस्तुति ‘काँचो माया पियारी’ गीत सुरु गर्नेबित्तिकै स्टेजमुनि रहेका दर्शक उत्साहित बनिसकेका थिए  ।  

स्टेजमा धिमे बाजा र लाखे सहितको प्रस्तुति दिएको बज्राचार्य र उनको टिमले मध्यरातसम्म २ घण्टासम्म निरन्तर प्रस्तुति दियो । रिदम ब्याण्डसहित पहिलो पटक पाँचथर आएका बज्राचार्यले स्टेजमा ‘मायाको डोरीले’, ‘ओ अमिरा’, ‘काली काली’ हुँदै ‘कसले देला धन’सहित नयाँ,पुराना एक दर्जन गीत गाए । मध्यरातसम्म गीत गाउँदा नाचेका अधिकांश पसिनाले निथ्रुक्कै भिजिसकेका थिए तर समयको कुनै प्रवाह थिएन ।

प्रणय दिवसको अवसरमा बज्राचार्य उपस्थित कन्सर्ट हेर्न अधिकांश युवा–युवती भेला भएका थिए। फिदिमका सक्रिय युवाहरुले स्थापना गरेको सामाजिक संस्था ‘हेल्प टुगेदर फाउण्डेसन’ को आयोजनामा बज्राचार्य र उनको ब्याण्ड रिदम पाँचगरमा पहिलोपटक प्रस्तुति दिएन आएको हो ।

कन्सयर्टमा समावेश गरिएका नेवारी धिमे बाजा, जात्रा, धिमे बोल, कुमारी, लाखे नाच आदीले आफ्नो मन खिचेको दर्शकले बताए युवा पुस्तामाँझ बढ्दो लागू पदार्थ दुर्व्यसन न्यूनीकरणसँगै गीत र संगीतका माध्यमबाट पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउन यो कार्यक्रम आयोजक  आयोजक हेल्प टुगेदर फाउण्डेसनले जनाएको छ । बज्राचार्य उपस्थित कन्सर्ट हेर्न अधिकांश युवा युवती भेला भएका थिए । सदरमुकामसँगै ग्रामीण क्षेत्रबाट कोही जोडी कसेर, कोही हुल बाँधेर त कोही गाडी नै रिजर्ब गरेर आएका प्रशंसकहरुले बज्राचार्यको लाइभ कन्सर्ट उत्साह साथ हेरेका थिए ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...