Tuesday 10th March 2026

हङकङमा बोलबम !!

 

हङ्कङ नेपाल हिन्दू एसोसिएसन,हिन्दूमन्दिरको आयोजनामा हङ्कङमा आजदेखि बोलबम यात्रा संचालन गरिएको छ। श्रावण महिनाको पहिलो सोमबारको अवसरमा आजबाट सुरु गरिएको बोलबम यात्रा श्रावणका पाँचै वटा सोमबार संचालन गरिनेछ।हङकङ,यमताइमा रहेको हिन्दूमन्दिरमा भेला भइ त्यहाँबाट सुरु गरिएको बोलबम यात्रा स्टारफेरीमा रहेको प्रशान्त महासागरबाट जल ल्याइ पुन: मन्दिरमा आइ शिवलिङ्गमा जलार्पण गरि टुङ्गिएको थियो। हङकङमा रहेका नेपाली हिन्दू धर्मावलम्बीहरूले पहेलो बस्त्र लगाइ बोलबम भन्दै बजार परिक्रमा गरिरहंदा स्थानीय प्रहरीले सुरक्षा प्रदान गरेका थिए  ।ब्यानर,जलसहितका कलश बोकेर बोलबम यात्रामा निस्किएका भक्तजनलाई अन्य देशका पर्यटनले रुचि पुर्वक हेरेका थिए। बिगत पाँच बर्षदेखि निरन्तर संचालन गरिएको बोलबम यात्रा आगामी कृष्ण अष्टमीका दिन सोमबार परेकोले त्यसैदिन कृष्ण जन्माष्टमी उत्सब सहित समापन गरिने मन्दिरका मूल पुरोहित माधव आचार्यले जानकारी गराउनुभयो। श्रावण र भाद्र महिनामा पर्ने पर्वलाई भब्यताका साथ मनाउने र त्यस पछि लगत्तै सोह्र श्राद्ध र दशैंमा दुर्गा पूजाको कार्यक्रम पनि राखिने मन्दिरकी संस्थापक अध्यक्ष गोमादेवी शर्माले जानकारी दिनुभयो।नेपाली चाड्पर्व,धर्म,संस्कृतिको संरक्षणमा ककृयाशील हङकङमा रहेका नेपालीद्वारा संचालित यो एकमात्र हिन्दू मन्दिर हो।

 

– कवच,हङ्कङ संवाददाता ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...