Tuesday 10th March 2026
भृकुटीमण्डपमा पुस्तक मेला
काठमाडौं । भृकुटीमण्डपमा अबस्थित प्रदर्शनी हलमा पुस्तक मेला लागिरहेको छ ।
लेखक, साहित्यकार, पाठक भेला हुने र छलफल गर्ने यो मौका जुराएको हो, दक्षिण एसियाली अन्तर्राष्ट्रिय पुस्तक मेलाले । दक्षिण एसियाली साहित्यमार्फत एकअर्काको संस्कृतिसँग जोडिने उदेश्य राखिएको पुस्तक मेलामा नेपाल, भारत र चीनका किताब उपलब्ध छन् ।
पुस्तक मेलामा नेपालका ११० गरी १६० वटा स्टल छन् । साहित्य, संस्कृति, इतिहास, अन्तर्राष्ट्रिय र बालबालिकाका किताबहरू मेलामा उपलब्ध छन् । पुस्तक मेलाको आयोजक नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको राष्ट्रिय अध्यक्ष शिवसागर शर्माका अनुसार मेला २१ पुससम्म चल्नेछ ।
मेलामा चीनसम्बन्धी सामग्री पनि प्रशस्तै उपलब्ध छन् । चीनको ‘चाइना इन्टरनेशलन बुक ट्रेडिङ’ मेलाको सहआयोजक हो । पुस्तक मेलाको आधा हिस्सा चिनियाँ पुस्तकले ओगटेको छ । अमेरिकी दूतावासको ‘बुक बस’ पनि मेलामा राखिएको छ ।
पठन संस्कृति विकास गर्न र मान्छेहरूलाई किताबतर्फ आर्कषित गर्न मेला आयोजना गरिएको शर्मा बताउँछन् । “हाम्रो उदेश्य पठन संस्कृति विकास गर्नु हो । डिजिटल दुनियाँबाट एकछिन बाहिर निस्केर मानिसहरू किताब पढुन् भन्ने हाम्रो चाहना हो,” शर्मा भन्छन्, “लेखक, प्रकाशक र पाठकहरूबीच एउटै थलोमा अन्तर्क्रिया होस् भन्ने उदेश्यले यो मेला आयोजना गरेका हौँ ।”
यो पुस्तक मेलामा कपिराइट किनबेचको पनि व्यवस्था मिलाइएको शर्माले बताए । “विदेशी किताब नेपालीमा छाप्ने र नेपाली भाषाका किताब विदेशमा छाप्ने प्रक्रिया मिलाउन यसपटक यहाँ कपिराइट किनबेचको पनि व्यवस्था छ,” शर्माले भने ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
