Tuesday 3rd March 2026

प्रहरी वरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराईको कथा सङ्ग्रह ‘दृश्य प्रलेख’ लोकार्पण

काठमाण्डाै – प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गाेपालचन्द्र भट्टराईकाे कथा सङ्ग्रह ‘दृश्य प्रलेख’ लोकार्पण भएकाे छ । नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित एक कार्यक्रमका बीच कथा सङ्ग्रह लाेकार्पण भएकाे हाे ।

प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवर, लेखक तथा प्रज्ञा अमर न्यौपाने, लेखक तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) रविन्द्र केसी, पत्रकार तथा समालोचक राजकुमार बानियाँ, लेखक तथा समालोचक सुमन वर्षा र लेखक/प्रकाशक पुष्पराज पौडेलले कथा सङ्ग्रह ‘दृश्य प्रलेख’ काे संयुक्त रूपमा लोकार्पण भयो ।

कार्यक्रममा समीक्षक सुमन वर्षाले कथा सङ्ग्रहमा महिला पात्रलाई सशक्त र अधिकार सम्पन्न रूपमा प्रस्तुत भएको प्रत्येक कथाहरूले पाठकलाई नयाँपन दिने बताउनुभयो ।

समीक्षक राजकुमार बानियाँले प्रत्येक कथाका पात्र र प्रस्तुतिहरू नौलो रहेको, साँच्चिकै किताब पढेर पुरस्कृत हुने भए यो किताब हुनुपर्ने बताउनुभयो । उहाँले किताब पढ्दा कुनै पनि खोट लगाउने ठाउँ नभेटेको उल्लेख गर्नुभयाे ।

मदन पुरस्कार विजेता लेखक अमर न्यौपानेले कथाहरू पढ्दा नयाँपन र रोमाञ्चित लागेको र लेखकको पहिलो सङ्ग्रह नै यति राम्रो हुनुमा लेखकको मेहनत स्पष्ट देखिएको बताउनुभयो ।

लेखक तथा प्रहरी नायब निरीक्षक रविन्द्र केसीले आफू कथाकारसित कथा लेखनको बेलादेखि नै सँगै रहेको र कथा लेखनले प्रभाव पारेको बताउनुभयो ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरीभित्र पनि सिर्जनात्मक पक्ष रहेको र गोपालचन्द्र भट्टराईको उपलब्धि रहेको तथा र उहाँको प्रहरी सेवा र लेखन क्षेत्रमा सफलताको कामना गर्नुभयो ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...