Tuesday 3rd March 2026

विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय समितिले पायो पहिलो महिला अध्यक्ष

काठमाण्डौं|  विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय समितिको अध्यक्षमा अस्मिता भण्डारी सर्वसम्मत निर्वाचित हुनु भएको छ ।

विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियकाे ११ ओैं महासम्मेलन एवम् महासभा विश्व हिन्दु महासंघ तथा जानकी मन्दिर जनकपुरधामकाे तत्वाधानमा जानकी मन्दिर प्रांगणमा भएको महासम्मेलनले अस्मिता भण्डारीलाई सर्वसम्मतिले अन्तर्राष्ट्रिय अध्यक्षमा निर्वाचित गरेकाे हो ।

जानकी मन्दिर जनकपुरधामका महन्त श्रीरामतपेश्वर दास बैष्णव ज्यू प्रमुख संरक्षक रहनु भएको साे सम्मेलनकाे उद्घाटन प्रमुख अतिथि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र महन्त रामतपेश्वरले संयुक्तरुपमा गर्नु भएको थियोे ।

हिन्दु अधिराज्यकाे पुन: स्थापनाकाे उद्घाेष गर्दै शाेभा यात्रा जानकी मन्दिरबाट शाेभा यात्रा गरि जनकपुर नगर परिक्रमा गरि महासम्मेलन शुभारम्भ गरिएको थियोे । बिश्व हिन्दु महासंघका अन्तर्राष्ट्रिय शाखाहरु भारत, नेपाल, अमेरिका, बेलायत, अष्ट्रेलिया, थाइल्यान्ड, बंगलादेश लगायतका मुलुकहरुबाट सहभागीता रहेको थियोे ।

भारत उत्तरप्रदेश, गाेरखनाथ मन्दिर लगायत सबै प्रदेशका अध्यक्षहरु सहित भारत च्याप्टरका सहभागीहरुकाे उपस्थिति रहेको थियोे ।

अस्मिता भण्डारीकाे अध्यक्षतामा सम्पन्न उक्त महासम्मेलनमा जानकी मन्दिरका उत्तराधिकारी महन्त श्रीराम राेशन दास, राप्रपाका वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ तथा नेपाल-भारतका दर्जनौँ सन्तगणकाे उल्लेख्य सहभागिता रहेको थियोे ।महासचिवकाे प्रतिवेदन, काेषाध्यक्षकाे प्रतिवेदन लगायत विभिन्न प्रस्तावहरु प्रस्तुत तथा पारित भए पछि बिश्व हिन्दु महासभाबाट अध्यक्ष पदकाे निर्वाचन सम्मपन्न गर्नका लागि उच्च अदालत पाटनका पूर्व मुख्य न्यायाधीश शम्भु बहादुर खड्काकाे संयाेजकत्वमा, अधिवक्ता सुशीला ढकाल (नेपाल) र एड्भाेकेट आर . एन् चाैधरी(भारत) निर्वाचन समिति खडा गरिएको थियोे ।

अध्यक्ष पदमा एक जना बाहेक अन्य कसैको उम्मेदवारी पर्न नआएकोले अन्तर्राष्ट्रिय अध्यक्षमा अस्मिता भण्डारीलाई सर्वसम्मतिले निर्वाचित भएको निर्वाचन समितिले घाेषणा गरेकाे छ । यससँगै बिश्व हिन्दु महासंघले अध्यक्षमा महासंघको ईतिहासमा पहिलाे पटक महिलाकाे अध्यक्षता प्राप्त गरेको छ। संयुक्त राष्ट्रसंघद्वारा मान्यता प्राप्त नेपालबाट अन्तर्राष्ट्रिय स्तरमा अध्यक्षता गर्ने महिलामा सम्भवत: अस्मिता भण्डारी पहिलो महिला हुनुहुन्छ ।
यूएनमा आवद्ध अन्तर्राष्ट्रिय संस्था विश्व हिन्दु महासंघको सो महासम्मेलनमा महासंघका अन्तर्राष्ट्रिय शाखाहरु भारत , नेपाल, अमेरिका, बेलायत, अष्ट्रेलिया, थाइल्यान्ड, बंगलादेश लगायतका मुलुकहरुबाट सहभागिता रहेको थियोे । 
अध्यक्ष पदमा निर्वाचित भएपछि भण्डारीले एक विज्ञप्ती जारी गर्दै महासम्मेलनमा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको छ । अध्यक्ष भण्डारीले जारी गर्नु भएको विज्ञप्तिमा भनिएको छ, ” जानकी मन्दिरका उत्तराधिकारी महन्त श्रीराम राेशन दास , राप्रपाका अध्यक्ष माननीय राजेन्द्र लिङ्देन ज्यू, वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ तथा नेपाल -भारतका सम्पूर्ण सन्तगण, निवर्तमान कार्यकारिणी समिति , प्रत्यक्ष वा अप्रत्यक्षरुपमा सहयोग गर्नु हुने सम्पूर्णमा साथै नेपाल सरकार, स्थानीय प्रशासन समाजसेवी, बुद्धिजीवी, स्वयंसेवक, सहयोगी सम्पूर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु।

हिन्दु अधिराज्य पुन: स्थापनाका निम्ति सकृय समान बिचार र दृष्टिकोण राख्ने सम्पूर्ण संघ, संस्था दल र अभियानहरुलाई आगामी दिनमा एकजुट भई सहकार्य गर्दै अगाडि बढ्नका निम्ति हार्दिक आव्हान पनि गर्दछु । “

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...