Tuesday 10th March 2026

काठमाडौं आइपुगे भुटानका राजा वाङचुक

काठमाडौं । भुटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुक नेपाल आइपुगेका छन् ।

भारत भ्रमणमा रहेका भुटानी राजा वाङचुक शुक्रबार बिहान काठमाडौं आइपुगेका हुन् ।

उनलाई परराष्ट्रमन्त्री आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी हुन् ।

वाङचुक बौद्धनाथ र स्वयम्भूनाथको दर्शन गर्न जाने छन् ।

१९ सदस्यीय भ्रमण दलमा राजासहित ऊर्जामन्त्री, विदेशसचिव, नेपालका लागि भुटानी राजदूत, सुरक्षा अधिकारी लगायत सदस्य रहेका छन् ।

भुटानका राजा नेपाल आएसँगै गृह मन्त्रालयले उनका लागि उच्च सुरक्षा व्यवस्था कायम गरेको छ । उनको  दर्शनका लागि जाने बौद्धनाथ, स्वयम्भूनाथ र त्यस आसपासका क्षेत्रको सुरक्षा व्यवस्थामा कडाइ गरेको छ ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...