Tuesday 10th March 2026

अयोध्यामा श्रीराम तिलकोत्सव माता सीताको अभिभावकको भूमिकामा मधेशका मुख्यमन्त्री सहभागी

काठमाडौं  । सीता–राम विवाह पञ्चमीअन्तर्गत आज पहिलो पटक भारतको अयोध्यामा भगवान श्रीरामको तिलकोत्सव भएको छ ।

तिलकोत्सवका लागि मधेशका मुख्यमन्त्री सतिश सिंह, मन्त्रीहरु, जानकी मन्दिरका छोटा महन्त रामरोषण दास र विश्व हिन्दू परिषद्को टोली अयोध्या पुगेको छ । टोलीको नेतृत्व मुख्यमन्त्री सिंहले गरेका छन् ।

रामसेवकपुरम् अयोध्यामा तिलकोत्सव समारोह गरिएको हो । माता सीताको अभिभावकको भूमिकामा मुख्यमन्त्री सिंह र छोटा महन्त दास रजलकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार शाह बसेका हुन् ।

श्रीराम मन्दिर ट्रष्टका सचिव चम्पत राय भगवान श्रीरामको अभिभावकको भूमिकामा छन् । दुवैतर्फका प्रतिनिधिलाई राखेर पण्डितले मन्त्रोचारण गरी तिलकोत्सव गरेको छ ।

विवाह अगाडि बेहुलीको आफन्त बेहुलाको घर पुगेर तिलकोत्सव गरिने चलन छ । त्रेतायुगमा भगवान श्रीराम र माता सीताबीच विवाह भएको थियो । त्यसकै सम्झनामा जनकपुरधाममा हरेक वर्ष विवाह पञ्चमी विशेष धुमधामका साथ मनाइन्छ ।

भारतको उत्तर प्रदेशमा पर्ने अयोध्या भगवान रामको जन्मभूमि हो । त्यहाँबाट हरेक पाँच÷पाँच वर्षमा जनकपुरधाम जन्ती आउने गरेको छ । यसवर्ष पनि अयोध्याबाट जन्ती आउने भएको छ ।

विवाह पञ्चमी मंसिर २१ गते परेको छ । अयोध्याबाट जन्ती मंसिर १८ गते आइपुग्नेछ । जन्ती चार दिन जनकपुरधाममा बसेर मंसिर २२ गते अयोध्या फर्किनेछ ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...