Wednesday 4th March 2026
बुढानिलकण्ठ आश्रम स्कूल परिसरमा भब्य श्रीमद भागवत सप्ताह संचालन
बुढानिलकण्ठस्थित बुढानिलकण्ठ आश्रम स्कूल परिसरमा श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ २०८१ संचालन गरिएको छ। स्कूलका संस्थापक समेत रहनुभएका आध्यात्मिक व्यक्तित्व गुरुदेव स्वामी चन्द्रेश ब्रह्मलीन हुनुभएको पहिलो वार्षिकीको सन्दर्भमा उहाँकै स्मृतिमा सप्ताह आयोजना गरिएको हो। मङ्सिर १ गतेदेखि ८ गतेसम्म भागवत भाष्कर युवा पण्डित कमलनयन गौतमले नित्य प्रवचन प्रस्तुत गर्ने,भिन्न सांकृतिक तथा धार्मिक झाँकीहरूका साथ भजनहरू प्रस्तुत गरिने र विभिन्न धार्मिक व्यक्तित्वहरूद्वारा विशेष सत्संग संचालन गरिने लगायतका कार्यक्रमहरू रहेका छन्। बुढानिलकण्ठ आश्रम स्कूल तथा बुढानिलकण्ठ आश्रमको संयुक्त आयोजनामा संचालन गरिएको श्रीमद भागवत यो चौथो पटक आयोजना गरिएको हो। आश्रम तथा स्कूल संचालनको नेतृत्व गरिरहनुभएका प्राचार्य स्वामी गुञ्जनले यस अघि स्वामी चन्द्रेशकै प्रत्यक्ष अभिभावकत्वमा संचालन भैरहेको श्रीमद भागवत यस पटक भने उहाँको रिक्ततामा उहाँकै स्मृतिमा गर्न लागिएको जानकारी गराउनुभयो। स्वामीको पार्थिवलाई आश्रम परिसरमै बिसर्जन गरिएकोले त्यस ठाउँमा निर्माण गरिएको स्मृति स्थलको अनावरणका साथै स्मृति पुस्तिकाको विमोचन पनि गरिएको छ। महायज्ञका नियमित कार्यक्रमहरूमा बिहान ७:३० बजेदेखि ९:३० बजेसम्म दैनिक पाठ परायण तथा पूजा, बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म संगीतमय कथावाचन,प्रवचन र साँझ भजनकिर्तन गर्ने कार्यक्रम रहेको छ। दैनिक रुपमा श्रमद भागवत कथाका विभिन्न चरित्रहरूको सांगीतिक नाटकका साथमा समापनका अवसरमा लक्ष बत्ती प्रज्वलन कार्यक्रम भएको र हरेक आगन्तुक भक्तजनहरूलाई फूल प्रसाद ग्रहण गर्ने ब्यबस्था समेत मिलाएकाले उपस्थित भइ धार्मिक लाभ उठाउन आयोजकले आह्वान समेत गरेको छ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
