Tuesday 10th March 2026
चेतन कार्कीको ८६ औं जन्मजयन्ती मनाइयो
चेतन कार्की प्रतिष्ठानले एक कार्यक्रमबीच बिहीबार वरिष्ठ चलचित्र निर्देशक, कवि एवम् संस्कृतिविद् चेतन कार्कीको ८६ औं जन्मजयन्ती मनाएको छ । वरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापाको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा प्रतिष्ठान अध्यक्ष कलाकार मिथिला शर्माको सभापतित्वमा सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रतिष्ठानकी प्रमुख संरक्षक श्रीमती गंगा कार्की, प्रमुख अतिथि, अध्यक्ष, वरिष्ठ कलाकारहरू मदनदास श्रेष्ठ, नीर शाह, वरिष्ठ इतिहासविद् प्राडा. सुरेन्द्र, केसी, नेपाल चलचित्र विकास बोडका अध्यक्ष दिनेश डिसी, नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, चर्चित गायक प्रेमराजा महत, वरिष्ठ समालोचक प्राडा. गोविन्दमान सिंह कार्की, कार्यसमिति सदस्य राधेश्याम लेकाली र चेतन कार्कीका नातिनी मदालसाश्री कार्की लगायतले आ–आफ्नो मन्तव्य राख्दै चेतन कार्कीको योगदानको चर्चा गर्नुभएको थियो ।
सो अवसरमा नेपाल चलचित्र विकास बोडका अध्यक्षमा नियुक्त हुनु भएकोमा दिनेश डिसीलाई माला लगाएर बधाई ज्ञापन गरिएको थियो । प्रतिष्ठानका महासचिव मुरारी सिग्देलले सहजीकरण गर्नुभएको कार्यक्रममा गायिका रितु कँडेलले चेतन कार्कीको गीत गाउनुभएको थियो ।
कार्यक्रममा नृत्य निर्देशक वसन्त श्रेष्ठ, कलाकारहरू वसुन्धरा भुसाल, चैत देवी सिंह, आर पी पन्त, मिलन मोक्तान, नरहरि प्रेमी, छत्रबहादुर गुरुङ, पूर्व सचिव डा. खगराज बराल, साहित्यकारहरू गोपाल थपलिया, श्रीपुरुष ढकाल, रमेशनाथ खनाल, हिरण्यकुमारी पाठक, नरेन्द्रबहादुर श्रेष्ठ, भीम खरेल, नगेन्द्रराज पौडेल, श्रीओम श्रेष्ठ, रामप्रसाद पन्त, सुमन वर्षा, प्रद्युम्न जोशी, विजयध्वज थापा, श्रीबाबु कार्की, दीपा राई पुन, प्रेमप्रसाद भट्टराई, नरेन्द्रबहादुर श्रेष्ठ, यादव भट्टराई, सुवाशचन्द्र ढुङ्गेल, रत्नलक्ष्मी श्रेष्ठ, शिव अधिकारी, बेन्जु सरोज, समिना खनाल पृथा, बैरागी जेठा, इन्दिरा ढकाल, राज रजक, सुधा शर्मा, नीरा श्रेष्ठ, गीता अधिकारी, भानुप्रकाश जोशी, जीवनकुमार श्रेष्ठ, कला भट्टराई, एन बी.अन्जान, प्रमोद सारङ, प्रज्वल अधिकारी, इम्तियाज वफा, मोमिन खान, डा. गणेश गुरुङ, राम गुरुङ, बद्री गुरुङ लगायतको बाक्लो उपस्थिति थियो ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
