Wednesday 4th March 2026
असोज १७ गतेदेखि ‘हिमालयन इन्टरनेशनल एक्सपो’ हुने
काठमाडौँ । नेपाली हस्तकला व्यवसायलाई विश्वव्यापीकरणमा सहयोग पुर्याउने उद्देश्यले यही असोज १७ गतेदेखि १९ गतेसम्म हिमालयन इन्टरनेशनल एक्सपो आयोजना हुँदैछ । घटस्थापनाका दिनबाट आरम्भ हुने एक्सपोमा नेपाली हस्तकलाका दर्जनौँ उत्पादनहरू समावेश हुनेछन् ।
काठमाडौंको भृकुटिमण्डपमा आयोजना हुन लागेको एक्सपोमा अल्लो, सिस्नो, केरा, बाँस, केतुकी, भूइँकटहरलगायत प्राकृतिक रेशाबाट बनेका कपडाका उत्पादनलगयताका व्यापारिक कक्ष हुनेछन् । यस्तै, पश्मिना, स्टोन, माला, क्युरियाका सामा, गलैँचा, गार्मेन्टका सामान, सिसा, पाइप, नेपाली कागज, मूर्तिकला, धातुकला, काष्ठकला, फेल्ट, गरगहना, हण्डमेड पेपरहरु, पेपर प्याकेजहरु, नेपाली ढाका कार्पेट जडीबुटी, सजावटका सामान, पर्यटन उद्योगसँग सम्बन्धित सेवा पनि एक्सपोमा हुने अध्यक्ष कपिल अधिकारीले बताए ।
उनले भने,‘नेपाली उत्पादनको निर्यातलाई बढाएर देशलाई आर्थिक समृद्धिको दिशातर्फ अगाडि लैजान यो प्रदर्शनीले सहयोग पु¥याउने उद्देश्य हाम्रो हो । प्रदर्शनीमा सयौँ विदेशी व्यापारी तथा खरिदकर्ता खासगरी अमेरिका, क्यानडा, युरोप, चीन, भारतलगायत अन्य देशबाट आउने अपेक्षा गरिएको छ । एक्सपोमा सय भन्दा बढी स्टलहरु रहनेछन् । ’
विश्व बजारमा सुलभ तरिकाले पुर्याउने उद्देश्यले अमेरिकाका विभिन्न राज्यमा एक्स्पो सम्पन्न भइसकेको छ । यो एक्सपो लगत्तै जनवरी ३१ देखि फेब्रुअरी २ सम्म लास भेगसमा र अप्रिल ४-६ मा लस एन्जलसमा आयोजना हुँदैछ । यस्तै क्यानडा, बेलायतलगायत देशमा पनि आयोजना गर्ने लक्ष्य रहेको छ ।
बीटूबी मोडलमा हुने हिमालय इन्टरनेशल एक्स्पो हस्तकला प्रदर्शनी नेपालको सबैभन्दा ठुलो प्रदर्शनी हो ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
