Tuesday 10th March 2026
कर्मचारी संचयकोष ६३ बर्ष पुगेकोमा प्रभातफेरी कार्यक्रम सम्पन्न
काठमाडौं । वि.सं. २०१९ भाद्र ३१ गते राष्ट्रसेवकहरुका हित को लागी स्थापना भएको कर्मचारी सञ्चय कोष ६३ बर्ष पुगेको अवसरमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ ।
कोषले सरकारी, सार्वजनिक तथा निजी क्षेत्रका कर्मचारीहरू र स्वरोजगारमा संलग्न व्यक्तिहरुको निम्ती सञ्चय कोष व्यवस्थापन गर्दछ । साथै¸ कोषले ‘निवृत्तभरण कोष ऐन, २०७५’ बमोजिम वि.सं. २०७६ श्रावण १ देखि नियुक्त भएका निजामती, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीतर्फका राष्ट्रसेवकहरुका लगायत नेपाल सरकारको स्वमित्वमा रहेका र नेपाल सरकारको अनुदानमा सञ्चालन हुने सबै निकायका कर्मचारीहरुको योगदानमा आधारित निबृत्तभरण कोष व्यवस्थापनको कार्य समेत गर्दै आएको छ ।

कोषले सञ्चयकर्ताहरुलाई सामाजिक सुरक्षाका सुविधाहरुबाट लाभान्वित गराउनुका साथै थप नयाँ सुविधाहरुको अध्ययन तथा अनुसन्धान र कार्यान्वयन गर्ने गर्दछ । यसले सञ्चयकर्ताको सेवाकालीन आवश्यकता परिपूर्तिका लागि विविध प्रकारका सापटी सुविधाहरुको सञ्चालन तथा व्यवस्थापन लगायतका कार्य समेत गर्दै आएको छ ।
यसैले आयकर ऐन, २०५८ द्वारा कर्मचारी सञ्चय कोषलाई स्वीकृत अवकाश कोषको रुपमा परिभाषित गरिएको छ । कोषको नेपाल सरकारको अर्थ मन्त्रालय मातहतमा सन्चालन रहेको कोषको केन्द्रिय कार्यालय¸ पुल्चोक ललितपुरमा हो ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
