Tuesday 10th March 2026

अष्ट्रेलियाबासी नेपालीले दशैँ तिहार मान्ने समय बारे अन्तर्राष्ट्रिय पञ्चाङ्ग निणर्य समितिको स्पष्टता

वैदिक परिषद् अस्ट्रेलियाबाट प्रकाशित “भास्कर नेपाली पञ्चाङ्ग” मा विजया दशमी (टीका) र लक्ष्मी पूजा नेपालका पञ्चाङ्गसँग फरक हुन गएको भन्दै अन्तर्राष्ट्रिय पञ्चाङ्ग निणर्य समितिले स्पष्ट पारेको छ।समितिका सभापति प्रा.डा.माधव भट्टराई तथा सदस्य सचिव लक्ष्मण पन्थीद्वारा हस्ताक्षरित बिज्ञप्तीमा कतै कतै सन्देह उत्पन्न भएको भन्ने जानकारी प्राप्त भएकाले स्थानीय तिथ्यादिको मानअनुसार धर्मशास्त्रले तोकेको कर्म कालअनुुसार चाड पर्वादि मनाउन स्पष्ट पारिएको खुलाइएको छ।

बिज्ञप्तिमा उल्लेख गरिए अनुसार अस्ट्रेलियामा मनाइने विजया दशमी पर्वको दशमी तिथि उदयकालीन २०८१ आश्विन २७ गते (२०२४ अक्टोबर १३ तारिक) भएकाले अस्ट्रेलियामा यसै दिन विजयादशमी (टीका) ग्रहण गर्नुपर्नेछ । नेपालमा २०८१ आश्विन २६ गते (२०२४ अक्टोवर १२ तारिक) सूर्योदयकालीन दशमी तिथि भएको र २७ गते सूर्योदय कालमा दशमी तिथि नहुनाले नेपालमा अश्विन २६ गते नै विजया दशमीे मनाउनु पर्नेछ ।

यो पर्व तिथि प्रधान भएकाले श्रवण नक्षत्र पर्दा यसको प्रशस्त्य हुने र यो नक्षत्र विजया दशमीको कारक नभएकोले विजया दशमीको टीका नेपालमा आश्विन २६ गते र अस्ट्रेलियामा आश्विन २७ गते मनाउनु हुन विज्ञप्तिमार्फत स्पष्ट पारिएको छ । पुनश्चः लक्ष्मी पूजा ः अस्ट्रेलियामा लक्ष्मी पूजा औँशी तिथि सन्ध्या काल २०८१ कार्तिक १६ गते (२०२४ नोभेम्वर १ तारिक) भएकाले अस्ट्रेलियामा (नोभेम्वर १ तारिक) यसै दिन लक्ष्मी पूजा गर्नुर्ने र नेपालमा २०८१ कार्तिक १५ गते (२०२४ अक्टोवर ३१ तारिक) मा सन्ध्या कालमा औँशी तिथि भएकोले १५ गते नै लक्ष्मी पूजा गर्नुपर्ने बताइएको छ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...