Tuesday 10th March 2026
परिषदद्वारा गाेकर्णेश्वरकाे ओख्रेनि र बालसुधार मा.विमा १२० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
काठमाडौं ।प्राज्ञिक विद्यार्थी परिषद नेपालले काठमाडौँकाे सुन्दरीजलमा रहेको श्री ओख्रेनि मा. वि. र श्री बालसुधार मा. वि. लाई शैक्षिक सामग्री वितरण गरेको छ ।
मंगलबार विद्यार्थी परिषद्ले गाेकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक कुमार रिसालकाे प्रमुख आतिथ्यतामा नयाँपाटी स्थित बालसुधार मा. वि. र सुन्दरीजलकाे ओख्रेनि मा.विका कक्षा ११ र १२ मा अध्ययनरत १२० जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको परिषद्का सचिवालय प्रमुख दिनेश कार्कीले जानकारी दिएका छन्,
परिषद्ले यस वर्ष भारत सरकार र भारतीय जनताको सहयोगमा र सेवा र विकासका लागि युवाकाे समन्वयमा देशको १६ वटा जिल्लाका २५२५ विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्ने याेजना अनुरूप यही साउन १८ गते पत्रकार सम्मेलन गरेर वितरण गरिने जिल्ला र शैक्षिक सामग्रीहरू सार्वजनिक गरेको थियोे । त्यसै अनुरूप साउन २९ गते मंगलबार परिषद्ले उक्त शैक्षिक सामग्री वितरण कार्यक्रम काठमाडौंकाे गाेकर्णेश्वर नगरपालिकामा रहेको दुई विद्यालयहरू ओख्रेनि मा.वि. र बालसुधार मा.विबाट उक्त शैक्षिक सामग्री वितरण कार्यक्रम सुरु गरेकाे छ ।
उक्त वितरण कार्यक्रममा प्रमुख अतिथिका रूपमा गाेकर्णेश्वर नगरपालिकाका मेयर दिपक कुमार रिसाल, उपमेयर सान्नानि लामा, विद्यार्थी परिषदका राष्ट्रिय संगठन सचिव नारायणप्रसाद ढकाल, महासचिव विष्णुप्रसाद प्रसाद पंगेनी, सेवा र बिकासका लागी युवाका बाग्मति प्रदेशका उपाध्यक्ष डा. प्रेमराज न्याैपाने, हिन्दू स्वयंसेवक संघ नेपालका पूर्वि जिल्ला संघचालक गौतम खनाल, संघका गोकर्णेश्वर नगर संघचालक दामोदर खनाल,गाेकर्णेश्वर नगर कार्यपालिका सदस्य, माया तामाङ, विद्यार्थी परिषद्का काठमाडौं महानगर संगठनसचिव एवम् केन्द्रीय सचिवालय प्रमुख दिनेश कार्की, ओख्रेनि मा. वि.का प्राचार्य देवराज भट्टराई, बालसुधार मा. वि.का प्राचार्य हेमराज घिमिरे लगायत वडा सदस्यहरू,वि. वि.स. का सदस्यहरू, विद्यार्थी कल्याणकारी काेषका पदाधिकारी लगायतका व्यक्तित्वहरू विशेष उपस्थिति रहेको परिषद्ले जनाएको छ ।
उक्त कार्यक्रमकाे सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं गोकर्णेश्वर वडा नम्बर २ का वडा अध्यक्ष मधु तामाङले गर्नु भएको थियोे ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
