Tuesday 10th March 2026
देवी प्रतिभासहित कलाकारले पशुपति क्षेत्रमा गरे बृक्षारोपण
काठमाडौं । अभिनेता राजेश हमालले बृक्षारोपण गर्नु न्यायिकपूर्ण काम भएको बताएका छन् । आज पशुपती कृयापुत्री भवन अगाडि बृक्षारोपण गर्दै हमालले आफ्नो विशेष दिनलाई सत्कर्ममा परिवर्तन गनुपर्ने बताएका हुन् ।
उनले भने, ‘सबैको जीवनमा महत्वपूर्ण दिन वर्षमा एकचोटी आउँछ । त्यो महत्वपुर्ण दिनलाई सत्कर्ममा परिवर्तन गरेर लग्न सक्यौं भने त्योबाट धेरै लाभ लिन सक्छौं । ’
साथै उनले आजभोलि आधुनिकताको नाममा मानिसहरु भौतिक सुखसयलमा दौडिरहेको बताए । उनले जिउनको लागि जुन आधारभूत आवश्यक्ता हो शुद्ध खाना, पानी र वातावरणलाई नजरअन्दाज गर्न नहुने जिकिर गरे । उनले वातावरणलाई सरक्षण गर्ने उद्देश्यले यस्तो कार्यक्रम गरिएको समेत बताए ।
उनले भने, ‘हाम्रो वातावरणलाई स्वस्थ्य राखौं । किनकी पृथ्वी भनेको हाम्रो सन्ततीको लागि नासो हो । हामीले मात्र प्रयोग गर्ने होइन, हरेक पुस्ताले आफ्नो सन्ततिको लागि सही ढंगमा हस्तान्तरण गर्दै जानुपर्छ ।
बृक्षारोपण कार्यक्रममा चर्चित भुवन केसी, रबिन्द्र खड्का, रेजीना उप्रेती, रमेश बुढाथोकी,नवल खड्का, नम्रता सापकोटा,अनु शाह,गौरव पहाडीलगायत कथा वाचिका देवी प्रतिभाको समेत उपस्थिति रहेको थियो ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
