Wednesday 4th March 2026

विभिन्न व्यक्तित्वहरूलाई सम्मान गर्दै नेपाल ज्योतिष परिषदको रजत महोत्सव सम्पन्न |

उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले ज्योतिष विद्यालाई नयाँ प्रविधि र पद्धतिसँग आवद्ध गर्दै विश्वभर प्रचारप्रसार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । आज काठमाडौंमा आयोजित नेपाल ज्योतिष परिषद्को रजत महोत्सवलाई सम्बोधन गर्दै रक्षामन्त्री खड्काले यस्तो बताउनुभएको हो । रक्षामन्त्री खड्काले ज्योतिष विद्या प्रमाणित र वैज्ञानिक विद्या भएको बताउनुभयो । उहाँले ज्योतिष विद्यालाई यदाकदा हचुवाको रुपमा अभ्यास गर्ने र जीविकोपार्जनको माध्यममात्र बनाउने देखिएको भन्दै यस भन्दा माथि उठेर तथ्य र प्रमाणमा आधारित वैज्ञानिक र अनुसन्धानमुलक विद्याको रुपमा विकास गर्न आवश्यक रहेको बताउनुभयो । उपप्रधानमन्त्री खड्काले ज्योतिष पूर्वीय वाङ्ग्मयको ज्ञान रहेकोे र यसलाई सृष्टिको आरम्भदेखि महत्त्वपूर्ण विधाका रुपमा ठूलो आदर र महत्त्वका साथ हेरिने गरिकाले नेपाल ज्योतिष परिषद्ले आधिकारिक सूचना प्रवाह गर्ने संस्थाको रुपमा योगदान दिनुपर्ने सुझाब दिनुभयो।कार्यक्रमका संयोजक सन्तोष वाशिष्ठ,परिषदका वर्तमान अध्यक्ष माधव राज पाण्डे,संस्थापक अध्यक्ष लोकराज पौडेल लगायत बक्ताले परिषदलाई आधिकारिक नियमन संस्थाका रुपमा विकास गर्दै ज्योतिषी विधालाई थप व्यवस्थित गर्दै नेपालले विश्वमा नै नेतृत्व गर्न सक्ने कुरामा जोड्दिनुभयो।

परिषदको रजत महोत्सबमा परिषदका संस्थापक अध्यक्ष डा. लोकराज पौडेल, पन्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारी, समितिकै पूर्व अध्यक्ष प्राध्यापक डा. रामचन्द्र गौतम,आध्यात्मिक पत्रकार समाज(आपस) का अध्यक्ष शिरोमणि दवाडी,वरिष्ठ ज्योतिषहरू डा. सहदेव विष्ट, डि. आर. खनाल, नारदमणी न्यौपाने, नरेश सिंह, सागर राई डा. ज्ञानेशमान जोशी,ज्यो.पं.लेखनाथ न्यौपाने, आचार्य लक्ष्मण पन्थी लगायतलाई सम्मान समेत गरिएको थियो।सोही अवसरमा ज्योतिष सन्देश पत्रीकाको रजत महोत्सव अंक समेत विमोचन गरिएको थियो ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...