Wednesday 4th March 2026

नवरात्रको चौथो दिन “कुष्माण्डा” देवीको को विशेषता

नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै छ । देवी दुर्गा, आफ्नो चौथो स्वरूपमा कुष्माण्डा नामले प्रसिद्ध हुनुहुन्छ । ब्रह्म या अण्डलाई उत्पन्न गरेको कारण वहाँलाई कुष्माण्डा नामले चिनिन्छ । दशैंको चौथो दिन आज देशभरका शक्तिपिठहरुमा बिहानैदेखि घुइँचो लागेको छ । सूर्यको जस्तो तेज भएकी र वाहन सिंह भएकी यी भगवतीको अट्टहासमा बह्माण्डको सृष्टि र प्रलय हुने भएकाले उनलाई कुष्माण्डा भनिएको हो । आठ वटा हात हुने भएकाले कुष्माण्डालाई अष्टभुजा देवी पनि भनिन्छ । देवी भागवत अनुसार देवी कुष्माण्डाले आफ्नो हाँस्यबाट ब्रह्माण्डलाई उत्पन्न गर्नुभएको थियो, देवी कुष्माण्डा साक्षात आदि शक्ति हुनुहुन्छ, वहाँबाटै समस्त जगतको उत्पत्ति भएको हो, त्यसभन्दा पूर्व यो ब्रह्माण्डको कुनै अस्तित्व थिएन । 

कुष्माण्डा देवीको भक्तिले रोग, शोक नष्ट भई,आयु, यश, बल, ज्ञान र बुद्धिको वृद्धि हुनेछ । कुनैपनि प्रकारका वाणीमा दोष छ भने मालपुवा अर्पण गरी पूजा गरेमा र मालपूवा दान गरेमा शुभ हुने धार्मिक विश्वास छ । देवी कुष्माण्डा अल्प साधना या भक्ति मात्रले प्रसन्न हुनुहुन्छ । माता कुष्माण्डालाई विशेषगरि सेतो वस्तुको परिकार अधिक प्रिय छ, साथै सबैप्रकारको पूजा, फलफूल, पकवान्न, एवं पुष्पहरू प्रिय छ । साथै तीन नेत्रले युक्त देवी आफ्नो मस्तकमा अर्ध चन्द्र धारण गर्नेवाली, अष्ट भुजाहरूले युक्त देवी कुष्माण्डा आफ्नो भुजाहरूमा चक्र, गदा, कलश, जप माला, कमण्डलु, धनुष, बाण तथा कमल पुष्प धारण गर्नुहुन्छ । माता कुष्माण्डाको वाहन बाघ हो, वहाँ बाघमा सवार गर्नुहुन्छ ।


नवरात्रको चौथी तिथि देवी कुष्माण्डालाई समर्पित छ, यो चौथोदिन माता कुष्माण्डाको साधना, पाठ, ध्यान, स्तोत्र, पूजाआदि गर्ने गरिन्छ । कुष्माण्डालाई वैज्ञानिक दृष्टिले सम्पूर्ण रासायनिक शक्तिको स्वरूप मानिन्छ ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...