Monday 26th October 2026
सिनामंगलमा ‘ॐपारबह्म साक्षात्कार ध्यान शिविर’ आयोजना हुने

काठमाडौं । ॐपारबह्म साक्षात्कार ध्यान शिविर आयोजना हुने भएको छ ।
वेद, उपनिषद तथा पुराणहरूमा वर्णन गरिएको पारबह्मको साक्षात्कार गर्ने सनातन गोप्यज्ञानसम्बन्धी ध्यान शिविर आगामी २०८३ साल जेठ २३ र २४ गते सञ्चालन हुन लागेको आयोजकले जनाएको छ ।
शिविर बिहान ७ बजेदेखि १० बजेसम्म श्री लक्ष्मीनारायण मन्दिर मा आयोजना गरिनेछ ।
आयोजकका अनुसार शिविरमा ध्यान, आध्यात्मिक साधना तथा सनातन ज्ञानसम्बन्धी विशेष प्रवचन गरिनेछ । कार्यक्रममा सहभागी भई गरिमामय उपस्थितिका लागि सबै श्रद्धालु भक्तजनमा हार्दिक मंगलमय अनुरोध गरिएको छ ।
