काठमाडौंको भृकुटीमण्डपमा कात्तिक २१ गतेदेखि २५ गतेसम्म आयोजना हुने  विश्वकल्याण विराट महायज्ञको अन्तिम तयारी हुँदै

काठमाण्डौको भृकुटीमण्डपमा आगामी कार्तिक २१ गतेदेखि २५ गतेसम्म आयोजना हुने अतिरुद्र विश्वकल्याण विराट महायज्ञको तयारी बारे समिक्षा गर्दै अन्तिम तयारीमा जुट्ने कार्य हुँदै छ।  महर्षी वैदिक फाउन्डेसनले कार्यक्रम गर्न लागको आधुनिक विज्ञान महासम्मेलन सहितको अनुष्ठान आयोजना गर्न गठित महायज्ञ मूल समारोह समितिका पदाधिकारीको बैठकमा अन्तिम तयारीका विषयमा व्यापक छलफल समेत भएको छ।  

महायज्ञ मूल समारोह समितिका अध्यक्ष पूर्वगृहराज्यमन्त्री दीपकप्रकाश बास्कोटाले महायज्ञबाट नेपालमा शान्ति र सद्भावना अभिवृद्धिमा मद्दत पुग्ने रबअमेरिकालगायत ७० देशबाट विज्ञ तथा प्रतिनिधिहरू सहभागी रहने जानकारी गराउनुभएको छ। साथै सोही अवसरमा आठौं प्राङ्गारिक कृषि मेला तथा प्रदर्शनीसमेत हुनेछ। मेलामा ५० भन्दा बढी अर्गानिक तथा प्राकृतिक उत्पादनहरूका स्टल रहनेछन्।

स्वर्ण महोत्सवका कार्यक्रमहरूमा कार्तिक २१ गते महर्षि महेश योगी नेपाल आगमनको स्वर्ण महोत्सवको समुद्घाटन तथा नेपालका मौलिक साँस्कृतिक झाँकी तथा १०८ शखघण्टसहित भद्रकाली, शहीदगेट, रत्नपार्क हुँदै शोभायात्रा गरिनेछ।समुद्घाटनमा १०८ दीप प्रज्ज्वलनसहित कन्यापूजन पनि गरिनेछ ।कार्तिक २२-२४ गते ३ दिनसम्म वैदिक विज्ञान तथा आधुनिक विज्ञान दोस्रो महासम्मेलन, कार्तिक २२ गतेदेखि २५ गतेसम्म १,१११ वैदिक बटुक तथा पण्डितद्वारा अतिरुद्र विश्वकल्याण विराट महायज्ञ,हरेक दिन बिहान तथा बेलुका योग र ध्यान कार्यक्रम रहनेछ। भावातीत ध्यान तथा सिद्धि कार्यक्रम, सन्त महात्मा तथा विशिष्ट व्यक्तित्वहरुबाट आध्यात्मिक एवं दार्शनिक तथा भागवत कथासारको प्रवचन,२०३१ सालमा पहिलो पटक महर्षि महेश योगीद्वारा भावातीत ध्यान सिक्ने जीवित ध्यानीहरूलाई सम्मान गरिने लगायतका कार्यक्रम छन् ।

नेपालमा पहिलो पटक आयोजना गरिने अति विशिष्ट महायज्ञ भएकाले सपरिवार उपस्थिति भइ आध्यात्मिक लाभ उठाउन महर्षी फाउन्डेसनले सबैमा अपिल गरेको छ।