Friday 6th March 2026
बडीमालिका मन्दिरको दर्शनका लागि राष्ट्रपति पौडेल बाजुरा जाँदै
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल सुर्खेत पुगेका छन् । बुधबार अपराह्न सुर्खेत पुगेका राष्ट्रपति पौडेललाई कर्णालीका प्रदेश प्रमुख यज्ञराज जोशी, मुख्यमन्त्री यामलाल कँडेल र नेपाली कांग्रेस उपसभापतिसमेत रहेका पूर्वउपप्रधानमन्त्री पूर्णबहादुर खड्काले स्वागत गरेका थिए।
प्रदेश प्रमुख र मुख्यमन्त्रीसँगको स्वागत भेटपछि राष्ट्रपति पौडेलले सुर्खेतमा शुभेच्छुकसँग भेटघाट गरेका थिए। उनले आज बिहान बडीमालिका दर्शनका लागि जाने कार्यक्रम रहेको छ।
बडीमालिका दर्शनका साथै बाजुरास्थित नाट्यश्वरी मन्दिरको उद्घाटन गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ। भ्रमण टोलीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री बद्रीप्रसाद पाण्डेसमेत छन्। राष्ट्रपति पौडेल आजै काठमाडौं फर्किने कार्यक्रम रहेको छ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
