Wednesday 11th March 2026
अविरल वर्षाले कुलेखानी ड्याम भरियो, उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौँ । अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि शनिबार बिहान ५: ४० बजे ड्यामको ढोका खोलिएको छ । कुलेखानीको ड्याम ३१ वर्षपछि जलाशय भरिएर खोलिएको हो । यसअघि २०५० सालमा ढोका खोलिएको थियो । नेपाल विद्युत् प्राधिकरणको व्याकअपको रुपमा रहेको जलाशय शनिबार बिहान भरिएको थियो । जलाशयको भन्डारण गर्ने क्षमता एक हजार ५ सय ३० मिटर रहेको छ । अझ जलाशयमा क्षमता भन्दा बढी ३५ सेन्टिमिटर पानी संकलन गरिएको थियो । गत वर्ष कुलेखानी जलाशयमा एक हजार ५२६ मिटरमात्र पानी संकलन भएको थियो ।
कुलेखानी जलाशय भरिएको अवस्थामा पानी खपत गर्न कुलेखानीका तीन वटै विद्युत् गृह सञ्चालन गरिएको छ। कुलेखानी जलविद्युत् आयोजनाबाट १०६ मेगावाट विद्युत् उत्पादन हुन्छ । कुलेखानी ड्याम भरिएकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सर्तक अपनाउन मकवानपुर प्रशासन कार्यालयले शुक्रबार बेलुका नै सूचना जारी गर्दै अनुरोध गरेको थियो । कुलेखानी जलाशयमा एक हजार ४८३ मिटर पानीको सतह अन्तिम विन्दु हो ।
एक हजार ४८३ मिटरसम्म पानीको सतह झरेपछि विद्युत् उत्पादन गर्न सकिँदैन । मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिकाका दामन,पालुङ, वज्रवराही, चित्लाङ एवं इन्द्रसरोवर गाउँपालिकाको मार्खु र फाखेल जलाशयको जलाधार क्षेत्र हुन् । योसँगै कुलेखानीसँग सम्बन्धित क्षेत्रका सबैलाई सचेत रहन आग्रह गरिएको छ ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
