Saturday 24th October 2026
पाकिस्तानले दिने छात्रवृत्तिमा चिकित्सा शिक्षा अध्ययनका लागि २० विद्यार्थी छनोट
काठमाडौं- पाकिस्तान सरकारले दिने छात्रवृत्तिमा चिकित्सा शिक्षा अध्ययनका लागि २० विद्यार्थी छनोट भएका छन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माग गरेबमोजिम चिकित्सा शिक्षा आयोगले २० जना विद्यार्थीको नाम छनोट गरेको छ। एमबीबीएसतर्फ १२, बीडीएसका लागि २ र बीफर्मातर्फ ६ जनाले छात्रवृत्तिमा पढ्ने अवसर प्राप्त गरेका छन्।
