Sunday 12th April 2026

राजदुत नियुक्ती नेताको नाता कुटुम्ब र आसेपासेलाई भर्ती केन्द्र भयो–आजपा

काठमाडौं ।
आम जनता पार्टी (आजपा)ले मन्त्रिपरिषद बैठकबाट बिभिन्न देशका लागि गरिएको राजदुत नियुक्तिको सिफारिस संविधानको मुलमर्म र भावना विपरित असमावेशी भएको भन्दै त्यसलाई सच्याउँन माग गरेको छ ।

आजपा उपमहासचिव एवं प्रवक्ता चन्द्रभुषण साहले कुटनीतिक मर्यादाको धज्जी उडाउँदै संविधानको मुलमर्म र भावना विपरित असमावेशी रुपमा मन्त्रिपरिषदले राजदुत सिफारिस गरेको आरोप लगाए ।

बिषयगत विज्ञता र क्षमताभन्दा पनि नेताहरुहरुले आफ्नो नाता कुटुम्ब र आसेपासेलाई भर्ती केन्द्रको रुपमा गरिएको राजदुत सिफारिस प्रति असन्तुष्टि जनाउँदे आजपाले भर्तस्ना एवं विरोध गरेको छ ।

‘साउन १४ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट भारत सहित विभिन्न १९ देशका लागि गरिएको राजदूत सिफारिसमा कुटनीतिक मर्यादाको धज्जी उडाउदै नेपालको संविधानको मुलमर्म र भावना विपरीत असमावेशी तथा कूटनीतिक क्षेत्रको अनुभव, विषयगत विज्ञता र क्षमताभन्दा पनि नेताज्यूहरुले आफ्नो नाता कुटुम्ब र आसेपासेलाई भर्ती गरेको निन्दनीय, दुःखद एवं आपत्तिजनक घटनाको घोर भर्तस्ना एवं विरोध गर्दै यस निर्णयलाई यथाशीघ्र संविधानको सम्मान तथा देश र जनताको सर्वोपरि हित अनुकूल हुनेगरी सच्याउनको लागि नेपाल सरकारसँग जोडदार माग गर्दछु’ आजपा प्रवक्ता साहले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

सरकारले राजदूत र प्रदेश प्रमुख नियुक्त गर्दा दलित, मधेसी, थारु, मुस्लिम, सिमान्तकृत र पिछडिएको क्षेत्रबाट नगर्नु दुःखद् तथा समावेशी सिद्धान्तलाई पालना नगरी संविधान मिच्ने काम भएको ठहर आजपाको छ । विभिन्न कारण पछाडी पारिएका समुदायलाई अझै पनि गणतन्त्रमा समेत कुनै अवसर नदिई संविधानको भावना विपरित सरकारले काम गर्नु भनेको सरकारको नियत सहि नभएको बुझिन्छ ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...