Wednesday 4th March 2026

जलवायु परिवर्तन र बाढी–पहिरो न्यूनिकरणका लागि १ करोड वृक्षारोपणको संकल्प

काठमाडौं । ‘एक वृक्ष राष्ट्रको नाममा’ भन्ने नारासहित देशव्यापी एक करोड वृक्षारोपण अभियानको सुरु भएको छ ।

जलवायु परिवर्तन र बाढी–पहिरो न्यूनिकरण गर्नका लागि सुरु गरिएको यस अभियानको सोमबार वनमन्त्री ऐन बहादुर शाहीले पशुपति क्षेत्रमा वृक्षारोपण गर्दै उद्घाटन गरे ।

काठमाडौंको पाशुपत क्षेत्र अन्तर्गत भण्डारखाल उद्यानमा कायक्रमको उद्घाटन भएसँगै देशभर मेचीदेखि महाकालीसम्म एक साथ वृक्षारोपण कार्यक्रमको शुभारम्भ गरिएको हो ।

कार्यक्रमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वनमन्त्री शाहीले सरकारले कार्यक्रमलाई अघि बढाउन मद्दत गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

सरकार समेत वर्तमान प्राकृतिक विपद्का घटनाप्रति गम्भिर भएको भन्दै वृक्षारोपणले समस्या समाधानमा वहुआयामिक लाभ पु¥याउने शाहीले बताए ।

यस्तै, अभियान सुरु गरेको भगवती मानव कल्याण संगठनले विगत १६ बर्षदेखि नेपालमा भय, भोक र भष्टाचार मुक्त समाज र नशा–मांशाहारमुक्त चरित्रवान समाज निर्माण गर्ने लक्ष्य लक्ष्य अन्तर्गत विविध कार्यक्रमको आयोजना गर्दै आएको छ ।

संगठनले चलाएको नशामुक्ति अभियानमा हालसम्म ५ हजार परिवारलाई नशामुक्त गरिसकेको संगठनले दाबी गरेको छ ।

संगठले नशामुक्त नेपाल–समृद्ध नेपालको देशव्यापी अभियान अन्तर्गत अध्यात्मिक अनुष्ठान, पदयात्रा, सचेतना र खबरदारीका विविध कार्यक्रमको आयोजना गर्दै आएको छ ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...