Thursday 22nd January 2026
आज विश्व रेबिजविरुद्धको दिवस मनाइँदै
काठमाडौँ । आज विश्व रेबिजविरुद्धको दिवस । नेपालमा पनि विविध कार्यक्रम गरी यो दिवस मनाइँदैछ । रेबिज रोकथाम र यस रोगविरुद्धमा भइरहेको प्रगतिको जागरुकता जगाउनका लागि हरेक वर्ष सेप्टेम्बर २८ लाई विश्व रेबिज दिवसको रुपमा मनाउने गरिएको छ । नेपालमा ९९ प्रतिशत रेबिज कुकुरको टोकाइबाट हुने गरेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
पोखरामा असोज ३० गतेदेखि योग महोत्सव हुने
काठमाडौं । पोखरामा आगामी असोज ३० गतेदेखि चार दिनसम्म योग महोत्सव हुने भएको छ । होटल संघ नेपालको आयोजनामा पर्यटन प्रवर्द्धनका लागि आध्यात्मिक पर्यटनमार्फत मुलुकलाई अघि बढाउने उद्देश्यले योग महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सव पोखरास्थित पूर्ण योगा रिट्रिट सेन्टरमा हुन गइरहेको छ । सो महोत्सव नेपाल योगा महोत्सवसँगको सहकार्यमा हुने भएको हो । उक्त
डेङ्गीको सङ्क्रमणबाट चितवनमा थप एक जनाको मृत्यु
चितवन । जिल्लामा थप एक जनाको डेङ्गीको सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१८ चनौलिका ४१ वर्षीय पुरुष रहेका छन् । उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । ज्वरो आएर उपचारका लागि आएका उनको उपचारका क्रममा मृत्यु भएको हो । शुक्रबार अस्पताल भर्ना भएका उनको मङ्गलबार मृत्यु भएको भरतपुर अस्पतालका वरिष्ठ
सार्वजनिक बिदामा पनि बहिरङ्ग सेवा सञ्चालन गर्न अस्पताललाई निर्देशन
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ३४ अस्पताल र स्वास्थ्य संस्थालाई सार्वजनिक बिदाको दिनमा पनि बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशनसहित परिपत्र गरेको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले ती अस्पताल र स्वास्थ्य संस्थालाई सार्वजनिक बिदाका दिनमा अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न परिपत्र गरिएको राससलाई जानकारी दिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले केही दिनअघि स्वास्थ्य
बालविवाहले बढायो मातृ र नवजात शिशुको मृत्युदर
काठमाडौं । नेपालले सन् १९६३ मा बालविवाहलाई प्रतिबन्ध लगाएको थियो । तर, वितेको ६ दशकभन्दा बढी वितिसक्दा पनि बालविवाह गर्ने प्रथाको रुपमा कामयमै रहेको पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र संयुक्त राष्ट्रसंघीय बाल कोषले संयुक्त रूपमा सन् २०२२ नोभेम्बरदेखि २०२३ अप्रिलसम्म गरेको र २०२४ मा प्रकाशित गरेको अध्ययनको प्रतिवेदनले पनि नेपालमा बालविवाह र किशोरावस्थाको
पाँच हजारभन्दा बढीमा डेंगु पुष्टि, तीनको मृत्यु
काठमाडौँ देशका ७५ जिल्लाबाट पाँच हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा(ईडिसिडी )को तथ्याङ्क अनुसार ७५ जिल्लाबाट पाँच हजार ५८९ जनामा डेंगु पुष्टि हुनुका साथै तीन जना सङ्क्रमितको मृत्यु भएको छ । दुई जिल्लामा पाँच सयभन्दा बढिमा सङ्क्रमण पुष्टि भएका छन् । तनहुँमा एक हजार ६७, कास्कीमा ५३६ जनामा
आयुर्वेद उपचारमा सेवाग्राहीको आकर्षण बढ्दो
पछिल्लो समय आयुर्वेदतर्फ नागरिकको विश्वास बढेको पाइएको छ । कम खर्चिलो र आयुर्वेदिक औषधिले अन्यले भन्दा स्वास्थ्यमा कम असर गर्ने विश्वाससँगै आयुर्वेदप्रति जनताको आकर्षण बढ्दै गएको हो । आयुर्वेदिक उपचारमा मानिसहरूको कमै ध्यान जाने भएता पनि जुम्लामा भने केही समय देखी आयुर्वेदिक उपचारमा स्थानीयवासीको चासो बढ्न थालेको छ। दैनिक जसो सय जनासम्म विभिन्न रोगका बिरामीहरू आयुर्वेदिक
अफ्रिका बाहिर स्विडेनमा देखियो मंकीपक्स
काठमाडौं । अफ्रिकी भन्दा बाहिर मंकीपक्सको पहिलो केस स्वीडेनमा फेला परेको छ । स्विडेनको सार्वजनिक स्वास्थ्य एजेन्सीले स्विडेनमा मंकीपक्सको पहिलो केस फेला परेको जानकारी दिएको हो । मंकीपक्सबाट संक्रमित व्यक्ति अफ्रिका बसेर फर्केका भएको बताइएको छ । मंकीपक्सबाट संक्रमित व्यक्ति अफ्रिका बसेर फर्केका भएको बताइएको छ। अफ्रिकाका केही भागमा एमपोक्स रोग फैलिएपछि विश्व स्वास्थ्य संगठनले
सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा
काठमाडौं । अफ्रिकाका केही भागमा एमपक्स रोग फैलिएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको छ ।डब्ल्यूएचओले यो रोगलाई अन्तर्राष्ट्रिय चासोको विषयका रूपमा समेत व्याख्या गरेको छ ।अफ्रिकी देश कंगोमा यो रोगबाट प्रारम्भिक चरणमा कम्तीमा ४५० जनाको मृत्यु भएको थियो ।द्रुत रूपमा फैलिरहेको नयाँ प्रकार ९भेरिएन्ट० र उच्च मृत्युदरप्रति चिन्ता व्यक्त गरेका छन् ।
डेंगी र हैजा महामारीका रुपमा फैलन नदिन स्वास्थ्य मन्त्रालयको सक्रियता
काठमाडौं । देशका विभिन्न भागमा हैजा तथा डेंगीको संक्रमण देखिन थाले पछि यसलाई महामारीका रुपमा बढ्न नदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काम थालेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले डेंगु तथा हैजाका बिरामी बढ्न थाले पछि मन्त्रालयका तर्फबाट तत्काल प्रभावकारी कदम चाल्न निर्देशन दिएका थिए । त्यसलगत्तै मन्त्रालयले तत्कालीन र दीर्घकालिन कदम अघि बढाएको
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
