Monday 25th May 2026
पञ्चवर्षीय गढीमाई मेलाको उद्घाटन
गढीमाई पञ्चवर्षीय मेला मंसिर १७ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने भएको छ।उपराष्ट्रपति राम सहाय यादवले सोमबार एक विशेष कार्यक्रमबिच पञ्चवर्षीय गढीमाईको मेला विधिवत् रूपमा उद्घाटन गर्नुभएको छ ।
उपराष्ट्रपति यादवको गृह जिल्ला बारा जिल्लाको पञ्चवर्षीय गढीमाई मेला पशुबलीका लागि विश्वप्रख्यात छ । यादवले आफ्नै जन्मस्थलमा गढीमाईको पूजा अर्चना गरी मेलाको शुभारम्भ गरेपछि गढीमाईको दर्शन गर्न सर्वसाधारणको भिड लागेको छ ।
मेला आयोजक मूल समितिले प्रत्येक पाँच वर्षमा लाग्ने गढीमाई मेला मङ्सिर १ गतेदेखि मङ्सिर मसान्तसम्म लाग्ने भए पनि मेला आयोजक मूल समितिले मेलाको विधिवत् उद्घाटन भएपछि कार्यपालिका प्रकाशित गरी मङ्सिर २३ गते शनिवार तान्त्रिक विधि अनुसार दुखन धामी कछडियाले मूल पुजारी मङ्गल चौधरीसँग मिलेर आफ्नो मानव अङ्गको पाँच ठाउँबाट रगत र बलीको रूपमा सेतो मुसा परेवा हाँस सुगङुर र रागाको बली दिएपछि सर्वसाधारणले भाखल अनुरूपको बली तोकिएको स्थानमा चढाउने छन् ।
यस्तै, मङ्सिर २४ गते सानोबलीको रूपमा बोका परेवा हाँस र कुखुराको बलि चढाइने छ । सानो बलिका लागि निश्चित स्थान नतोकिएकोले गढीमाईको सिमाना भनिएको पसहा खोला पारी पुगेपछि पायक पर्ने ठाउँमा बलि चढाउने गरिन्छ र २५ गते मन्दिर परिसरमा परेवा उडाउने कार्यतालिका रहेको छ । यसका लागि बारा जिल्लाका १६ वटै पालिकाले मङ्सिर २३ र २४ गते आ आफ्ना पालिकामा बिदा दिने घोषणा गरेका छन् ।
मेला मूल समितिका अध्यक्ष उपेन्द्र यादवले मेला मूल समिति र पुजारी समेतले कसैलाई बलिदानको लागि प्रोत्साहित नगरेको तर भक्तजनहरूमा आफैले श्रद्धा भक्ति आस्था र भाकल पुरा गर्न बलि दिने गरेकोले यसलाई रोक्न नसकिने बताउनुहुन्छ ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
