Tuesday 10th March 2026
यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायले गाईजात्रामा विशेष प्रदर्शनी गर्ने
काठमाडौं । नेपालका यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायले यस बर्षपनि आफ्नो अधिकार र पहिचानका लागि भन्दै गाईजात्रा पर्व मनाउने भएका छन् ।
यौनिक तथा लैंगिक अल्पसंख्यकका क्षेत्रमा कार्यरत संस्था नील हिरा समाजले २१औँ नेपाल गौरव यात्रा तथा गाईजात्रा उत्सव २०२४ मनाउन लागेको हो ।तेस्रोलिंगी, समलिंगी, अन्तरलिंगी समुदायका सदस्यले गाईजात्रालाई प्राइड डे अर्थात गौरव दिवसका रुपमा मनाएका छन् ।
‘२०८१ भदौ ४ गते हामी कर्मचारी सञ्चयकोष भवन, ठमेलको अगाडि दिउँसो १ बजे भेला हुनेछौँ र दिउँसो १ः३० बजे गौरव यात्रा सुरु हुनेछ ।नील हिरा समाजको आयोजनामा १९ वर्षदेखि गाईजात्राका दिन तेस्रोलिंगी, समलिंगी, अन्तरलिंगी समुदायले गौरव दिवसका रुपमा मनाउँदै आएका छन् ।
त्यसैक्रममा यसपालि पनि उनीहरु र उनीहरुको अधिकारको क्षेत्रमा कार्यरत व्यक्तिको सहभागितामा काठमाडौंमा र्याली निकालिएको छ ।
यौनिक अल्पसंख्यक समूहले गाई जात्राको दिन परेड मनाउने गर्दछन्। एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ।
समुदायमन व्यक्तिहरुले आफूले चाहेको पोसाक लगाउन र स्वतन्त्रताको अनुभूति गराउन गाईजात्रा प्रदर्शनी उपयोगी भएको पनि उनले जानकारी दिए । प्रदर्शनीमा नेपाल सरकारका मन्त्री, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, व्यवसायी एवम विभिन्न देशका कूटनीतिज्ञहरुलाई निमन्त्रणा गरिएको आयोजकले जनाएको छ ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
