Thursday 30th April 2026

पाँच वर्षमुनिकालाई पोलियो खोप अनिवार्य

काठमाडौं । काठमाडौँमा पोलियो भाइरस पुष्टि भएपछि सरकारले उपत्यकाका तीन जिल्लामा बुधबारदेखि शनिबारसम्म पोलियोविरुद्धको विशेष खोप अभियान सञ्चालन गर्दै छ । 

काठमाडौँको टुकुचा खोला र बागमती नदीको सङ्गमस्थलबाट गत जेठ १३ गते सङ्कलन गरिएको ढलको पानी परीक्षण गर्दा परिवर्तित पोलियो भाइरस (भ्याक्सिन डिराइभ्ड पोलियो भाइरस टाइप ३) देखा परेको थियो । पोलियो भाइरस पुष्टि भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकाका तीन जिल्लामा विशेष पोलियो खोप अभियान सुरु गर्न लागेको हो । 

परिवार कल्याण महाशाखाका निर्देशक 

डा. विवेककुमार लालले पोलियो खोप अभियानमा काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका जन्मेदेखि पाँच वर्षमुनिका सम्पूर्ण बालबालिकालाई खोप लगाइने बताउनुभयो । उहाँले नियमित खोपमा पोलियो खोप दिइएको भए पनि विशेष अभियानमा आफ्ना बालबालिकालाई अनिवार्य रूपमा पोलियोविरुद्धको खोप लगाउनुपर्ने बताउनुभयो । 

 स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा, खोप शाखा प्रमुख डा. अभियान गौतमले काठमाडौँ, भक्तपुर र ललितपुरका जन्मिएदेखि पाँच वर्षसम्मका बालबालिकालाई घरमा गएर पोलियोविरुद्धको खोप दिइने जानकारी गराउनुभयो । साउन ९ देखि १२ गतेसम्म पोलियोविरुद्ध खोप अभियान सञ्चालन गर्ने भएकाले पाँच वर्षसम्मका सबै बालबालिकालाई खोप लगाउन खोप केन्द्रमा लैजानुपर्ने बताउनुभयो । विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई १० वर्षअघि नै पोलियोमुक्त घोषणा गरेको थियो ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...