Friday 6th March 2026

श्रीमद भागवत सहित कृष्ण प्रणामी निजानन्द आश्रमको ४८ औँ बार्षिक उत्सब सम्पन्न ।

लितपुर-ललितपुर महानगरको पुल्चोकस्थित श्रीकृष्ण प्रणामी निजानंद आश्रमले आफ्नो ४८ औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । त्यस अवसरमा श्रीमद्भागवत सप्ताह महापुराण बाचन गरिएको थियो, जसको उद्घाटन वाङ्मय शताब्दी पुरुष डा.सत्यमोहन जोशीको प्रमुख आतिथ्यमा सम्पन्न भएकोे थियो । अक्षेश्वर महाविहारको प्राङ्गणमा आयोजित उक्त ज्ञान महायज्ञमा भागवत कथा ब्यास विदुषी माता साध्वी सपनादेवी श्रेष्ठबाट वेद बुद्ध दर्शन सहित संगितमय कथा प्रवचन सहित सम्पन्न भएको थियोे ।

गत फागुन १८ गते देखि २४ गते सम्म आयोजित उक्त अनुष्ठानको आयोजक श्रीकृष्ण प्रणामी बाइजुराज केन्द्रिय महिला समिती एवं श्रीमद्भभागवत १०८ मुल समारोह समिति रहेको थियो । बज्रयोगिनी मन्दिर, पन्चमुखी महादेवको मन्दिर, श्रीकृष्ण प्रणामि मन्दिर, अक्षेश्वर महाबिहर अवस्थित उक्त ठाउँलाई एक धर्मिक पवित्रभूमी समेत भन्ने गरिन्छ । आज भन्दा करिव ५५ वर्ष अगाडि महातपस्वी सन्त परमहंस १०८ श्री जुगल दास पुल्चोक दमकल घर अगाडि एक व्यक्तिको घरमा कृष्ण मन्दिर स्थापना गर्नु भइ आफ्ना भक्तहरु बढ्दै गएपछि उक्त सार्वजनिक ठाउँमा एक कृष्ण मन्दिर बनाउने परिकल्पना गरेका थिए। त्यहाँबाट उहाँले श्रीकृष्ण प्रणामी सेवा समिती नेपाल नामक एक धार्मिक संस्था खोल्नु भइ नेपालीको पहिलो दर्ता भएको धार्मिक संस्था भनेर चिनाउन सफल भएका थिए ।
उक्त संस्थाको हाल नेपालका करिब ६५ जिल्लामा आफ्ना शाखा उप, शाखा सहित करिब २३० वटा भन्दा बढि श्रीकृष्ण प्रणामी मन्दिर र आश्रम रहेका छन् । जसमध्ये पुल्चोक निजानंद आश्रम पहिलो हो । जुन स्थानमा बाइजुराज महिला विभागले वृद्ध आश्रम समेत संचालन गर्दै आइरहेका छन् । अहिले आश्रमको संरक्षक सन्त श्री कोमल दास महाराज हुनुहुन्छ भने उक्त आश्रममा जम्मा २२ जना बृद्ध बृद्धा आश्रित छन् । करिब १० औं लाख आफ्ना अनुयायीहरु भएको यो संस्था धार्मिक एवं सामाजिक कार्यमा निकै अगाडि छ । यो प्रणामी धर्ममा दिक्षित हुन पुर्ण रुपमा शुद्ध साकाहारी हुनु पर्ने सिद्धान्त छ । यो महायज्ञ अर्थ संकलन भन्दा पनि आजको दिनमा ब्यक्ति कसरी नैतिकवान बन्ने सत्कर्म सत्धर्ममा कसरी प्रेरित हुने भन्ने संदेश यो कार्यक्रमको उदेश्य रहेको बाइजुराज केन्द्रिय अध्यक्ष श्रीमती शारदा शर्मा बताउँछन् । महायज्ञको लागि प्रमुख यजमानको रुपमा समाजसेवी सकुना श्रेष्ठ मलेखु रहनु भएको थियो । विविध क्षेत्रमा उनले गरेको समाजसेवाको उच्च कदर गर्दै संस्थाले उनलाई विशेष सम्मान पनि प्रदान गरेको थियो । ७ दिन सम्म संचालित उक्त कार्यक्रम अवधिभर ललितपुर महानगरपालिका प्रमुख चिरिबावु महर्जन, उपप्रमुख गिता सत्याल, महालक्ष्मी नगरपालिका उपप्रमुख निर्मला थापा, श्रीकृष्ण प्रणामि सेवा समिती केन्द्रिय अध्यक्ष श्याम के।सि, बरिष्ठ समाजसेवि एवंम कलाकार सिताराम कटेल धुर्मुस , नेपाल चेम्बर अफ कर्मसका बरिष्ठ उपाध्यक्ष श्री राजेन्द्र मल्ल, अक्षेश्वर बिहारका अध्यक्ष श्री राजेश शाक्य, जनप्रतिनिधि लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उल्लेखनीय उपस्तिथि रहेको थियो ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...