Sunday 30th August 2026

क्यानडामा पहिलोपटक गंगा आरती आयोजना


जनैपूर्णिमाका अवसरमा क्यानडास्थित ओटवामा रहेका नेपाली समुदायले पहिलो पटक प्रसिद्ध रिड्यु नदीको किनारमा सन्ध्याकालिन आरती आयोजना गरे। विगत ५ वर्षदेखि जनैपूणिर्मा संचालन समितीद्वारा सामूहिक रुपमा रक्षावन्धन तथा जनै फेर्ने कार्यक्रम सन्चालन गरिँदै आएकोमा यस वर्ष नेपालमा भएको प्राकृतिक विपत्तिबाट ज्यान गुमाउनेहरूको आत्माशान्तिको कामना सहित संकट मोचनको उद्देश्यले सन्ध्याकालिन गंगा आरती समेत थप गरिएको हो।
नेपालबाट आउनुभएका ज्योतिष तथा वास्तुविद डा. बाशुदेव कृष्ण शास्त्री, आध्यात्मिक पत्रकार समाज (आपस) का अध्यक्ष शिरोमणि दवाडी तथा क्यानडामै रहनुभएका चर्चित भजन गायक तथा संगीतकार पन्डित धर्मदाश शास्त्री सहित पूजा आयोजना गरिएकाले कार्यक्रम थप आकर्षित बनेको थियो। पन्डित शास्त्रीको अगुवाइमा उहाँका परिवारले प्रस्तुत गरेको भजन र सांगीतिक आरतीले कार्यक्रमका सहभागीहरू भक्तिभावमा डुबेका थिए।
डा. शास्त्रीले नेपालको पाशुपत क्षेत्र लगायत विभिन्न नदी तटमा सुरु गरिएको गंगा आरतीले धार्मिक तथा संस्कृति जागरण ल्याएको स्मरण गर्दै क्यानडामा पनि निरंतरता दिन सुझाब दिनुभयो । आपसका अध्यक्ष दवाडीले आध्यात्मिक चेतनाले नैतिक जागरण ल्याउने हुँदा अबको पुस्तालाई धार्मिक तथा सांस्कृतिक ज्ञान दिनु आवश्यक रहेको उल्लेख गर्नुभयो।
चर्चित चिकित्सक डा. विशाल ज्ञवाली, ओटोवा युनिभर्सिटीका प्राध्यापक तथा अनुसन्धाता डा. भानुभक्त आचार्यले सामूहिक कार्यक्रमले नेपालीहरूमा एकता बढ्ने र नयाँ पुस्ताले पनि परम्परा सिक्दै जाने धारणा राख्नुभयो। डिल्लीराम पौडेल तथा इशा पौडेल भट्टराईले विगत ५ वर्ष यता यस कार्यक्रमको आयोजना तथा ब्यबस्थापनमा विशेष भूमिका निर्वाह गर्दै आउनुभएको छ।।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...