Thursday 16th July 2026
सामाजिक संजालमा भ्रमपूर्ण समाचार सम्प्रेषण नगर्न व्यवसायिक पत्रकारहरूद्वारा जोड :

सामाजिक संजालमा भ्रमपूर्ण समाचार सार्वजनिक हुने होड बढेसँगै निष्पक्ष र विश्वासनीय पत्रकारितामा प्रश्न उठ्न थालेको व्यबसायिक पत्रकारितामा लामो अनुभव लिएका पत्रकारहरूले धारणा राखेका छन् ।
नेपाल पत्रकार मन्चद्वारा आयोजित सामाजिक संजालमा सार्वजनिक हुने समाचारको विश्वासनीयता र यसको प्रभाव विषयक अन्तरक्रियामा उनीहरू सो कुरा बताएका हुन् । नेपाल पत्रकार मन्चका अध्यक्ष युवराज विद्रोहीले सनसनीपूर्ण, अपुष्ट समाचारले सामाजिक सञ्जालमा व्यापक स्थान पाउन थालेपछि पाठक तथा दर्शकमा चिन्ता, डर र तनाव उत्पन्न गराउने गरेको अनुसन्धानहरूले बताएको उल्लेख गरे।
सूसुचित गराउने भन्दा भ्युज बढाउने होडले समाजमा आघात पुग्ने, सामाजिक ध्रुवीकरण बढाउन सक्ने भन्दै तथ्यमा आधारित, सन्तुलित र संवेदनशील पत्रकारिताले जनविश्वास, सामाजिक एकता तथा सुरक्षालाई सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने हुँदा अबको पत्रकारिताले यस विषयलाई गम्भीरता पूर्वक लिनुपर्ने सुझाव दिए । कवच तथा अटोमोबाइलका सम्पादक शिरोमणि दवाडीले न्युज भन्दा पनि भ्युज बढाउने सोचले सत्य,तथ्य र विश्वासनीय समाचारको मान्यता तोडिएको बताए । समाचारको गहिराइसम्म पुगेर स्रोत,तथ्य र तथ्यांक उल्लेख नगरेका समाचारलाई विश्वास नगर्न पाठक तथा दर्शकलाई उनले अनुरोध पनि गरे।
लाइफ ओके टेलिभिजनका रामप्रसाद पौडेल, प्राइम टेलिभिजनका राजु भण्डारी, पत्रकारहरु रघुनाथ त्रिपाठी, राजिब भट्टराई, श्यामबाबू आचार्य, राजेन्द्र प्रजापति लगायतले संचारमाध्यम र पत्रकार स्वयंले आफ्नो सामाजिक दायित्व र नैतिकतालाई मनन गरेर विश्वासनीय पत्रकारिता गर्नुपर्नेमा जोड दिए ।

शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
