Thursday 22nd January 2026

धार्मिक तीर्थस्थल नेपाल भ्रमण वर्ष २०२० को आकर्षण

श्री चैतन्य कृष्ण

नेपाल सरकारले करिब बीस लाख पर्यटक नेपाल भित्र्याउने उद्देश्यले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको छ । सरकारको उक्त घोषणालाई सफल पार्नको लागि देशका सम्पूर्ण साधन र स्रोतहरुको सदुपयोग गर्दै हरेक क्षेत्रबाट पहल गर्नु आवश्यक हुन्छ । जसमध्य नेपालमा रहेका विभिन्न धार्मिक तीर्थस्थलहरु पनि सनातन संस्कृतिमा आस्था राख्नेहरुको लागि महत्वपूर्ण गन्तव्य स्थल बन्न सक्छ । स्कन्ध पुराण, महाभारत, शिव पुराण, बराह पुराण लगायतका धार्मिक ग्रन्थहरुमा नेपालको पटक पटक वर्णन गरिएको छ । भर्खरैमात्र बेलायतमा आयोजित धार्मिक कार्यक्रमका लागि नेपालबाट आएका आधुनिक नेपालका सांस्कृतिक र अध्यात्म क्षेत्रका राष्ट्रिय गहनाका रुपमा परिचित चैतन्य कृष्णले विश्वमा रहेका महत्वपूर्ण तीर्थस्थलहरु भन्दा नेपाल कैयौं गुणा अगाडी रहेको बताएका छन् ।

संस्कृत भाषाको सुप्रसिद्ध व्याकरण निर्माता पाणिनिको तपःस्थलीदेखि लिएर वेदका रचयिता व्यास, कपिल, मनु, पराशर, विश्वामित्र, वशिष्ठ, याज्ञवल्क्य, वाल्मीकि, मार्कण्डेयसम्मका ॠषिहरूको जन्म र कर्मथलो नेपाल भएका कारण पनि नेपालको महत्व छुट्टै हुने चैतन्य कृष्णको धारणा रहेको छ । विज्ञानका पिता भनेर चिनिएका भौतिकशास्त्री आईन्टाईनले समेत ‘अध्यात्मबिना विज्ञान लङ्गडो र धर्मबिना विज्ञान अन्धो हुनेछ’ भनेका छन् । नेपाल बौद्धिक सनातन संस्कृतिको उद्गम भूमि, बौद्ध किरात संस्कृतिको आदि भूमि, आदिम सभ्यता शृष्टिको विस्तार नेपालको माटोबाट भएको कुरालाई संसारका विभिन्न विद्वानहरुले स्वीकारेका छन् ।

रामापिथेकसको बंगारा नेपालमा भेटिनु, गण्डकी नदीमा मात्र भेटिने शालिग्रामलाई आधुनिक वैज्ञानिकहरुले फोसिल शेलको रुपमा स्विकार्नु नेपाल शृष्टिको आदिम भूमि पनि हो भन्ने प्रमाणित हुन्छ । विश्वमा परिचित पशुपतिनाथ मन्दिर, मुक्तिनाथ मन्दिर जहाँ भारतीय प्रधानमन्त्री लगायत विश्वभरिका मानिसहरुको ओइरो लाग्ने गर्दछ । मुक्ति क्षेत्र रुढु क्षेत्र, बराह क्षेत्र, मिथिला र लुम्बिनी नेपालका अत्यन्तै मनोरम र आध्यात्मिक साधनाका भूमिहरु नेपालमा पर्दछन जसको आआफ्नै महत्व रहेको छ । ८ हजार भन्दा अग्ला हिमालहरुमध्य अहिलेसम्म २० ओटाको मात्र खोजी भएका छन् जसमध्य १४ वटा नेपालमा मात्र पर्दछन । नेपाल हिमालायको भूमी, देवीदेवताको भूमि, ऋषी महाऋषिको भूमि, ज्ञान विज्ञानको भूमी गणितको उत्पति भएको भूमी, योग, कला सभ्यताको भूमि भएकाले नेपाल पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण स्थलको रुपमा महत्वपूर्ण रहेको छ ।

गण्डकी नदीको तटमा मात्रै थुप्रै पवित्र तीर्थ स्थल रहेका छन् दमोदारी कुण्ड, मुक्ति क्षेत्र मोदीबेनी, कागबेनी, रुढु क्षेत्र उत्तरबाहिनी आदि । वामदेव बशिष्ट र विश्वामित्रले गण्डकी कोशी र कर्णालीलाई आफ्नो पवित्र क्षेत्र बनाएका थिए । व्यास र बुद्धको भूमी शिव र पार्वतीको भूमी मार्कण्डेय ऋषिले मृत्युलाई जितेको भूमि पनि नेपाल नै हो । यिनै विविध कारणले गर्दा नेपाल धार्मिक दृष्टिले अत्यन्तै महत्वपूर्ण रहेको छ, जसलाई विश्वसामू फैल्याउन सकेमा नेपाल पर्यटकहरुको आकर्षक केन्द्र बन्न सक्ने छ । नेपालका हजारौं हजार स्थलहरुको बारेमा स्कन्ध पुराण, , महाभारत, बराह पुराण, शिव पुराण आदिमा पटक पटक नेपालको बर्णन गरिएको हुँदा यस्ता स्थलहरुमा भ्रमण गर्न सनातन संस्कृतिमा आस्था राख्ने अनि हिमालय र सौन्दर्यलाई माया गर्ने सबैलाई नेपालको महत्व हुन् जान्छ ।

हरेक स्थानमा रहेका महत्वपूर्ण धार्मिक तीर्थस्थलहरुलाई राष्ट्रिय सम्पतिको रुपमा अगाडी बढाउन सरकार लगायत स्थानीय निकायले अग्रसरता देखाउन सकेमा प्रयटन प्रबर्धन र स्थानीय क्षेत्रको जीवनस्तर उठाउन महत्वपूर्ण सहयोग पुग्ने चैतन्य कृष्णले बताएका छन् ।

-गोर्खा अनलाइन रेडियो यूके वाट साभार समाचार

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...