Wednesday 11th March 2026

संचारकर्मी दीपेन्द्र खनियाँ मृत फेला


संचारकर्मी दीपेन्द्र खनियाँ मृत फेला परेका छन्। आइतबार काठमाडौँ महानगरपालिका-१० बानेश्वरस्थित थापागाउँको घरमा मृत फेला परेको काठमाडौँ प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईलाई उदृत गर्दै समाचार एजेन्सीहरूले खबर सार्वजनिक गरेका छन् । प्राप्त जानकारी अनुसार घरमै झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् । घटनास्थलको मुचुल्कालगायत आवश्यक कानुनी प्रक्रिया भै अब शव पोस्टमार्टमका लागि लगिएको बुझिएको छ ।खनियाँ रेडियो अडियोका सञ्चालक हुन्। उनी अढाई दशकदेखि रेडियोमा सक्रिया छन्। आफ्नै घरमा रेडियो अडियोको कार्यालय पनि सञ्चालनमा थियो। खनियाँले केही महिनाअघि मात्रै घर बिक्री गरेको खुलेको छ। बिक्री गरे पनि उनीहरू त्यहीँ बस्दै आएका थिए। उनका श्रीमती र एक छोरी छन्।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...