
संचारकर्मी दीपेन्द्र खनियाँ मृत फेला परेका छन्। आइतबार काठमाडौँ महानगरपालिका-१० बानेश्वरस्थित थापागाउँको घरमा मृत फेला परेको काठमाडौँ प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईलाई उदृत गर्दै समाचार एजेन्सीहरूले खबर सार्वजनिक गरेका छन् । प्राप्त जानकारी अनुसार घरमै झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् । घटनास्थलको मुचुल्कालगायत आवश्यक कानुनी प्रक्रिया भै अब शव पोस्टमार्टमका लागि लगिएको बुझिएको छ ।खनियाँ रेडियो अडियोका सञ्चालक हुन्। उनी अढाई दशकदेखि रेडियोमा सक्रिया छन्। आफ्नै घरमा रेडियो अडियोको कार्यालय पनि सञ्चालनमा थियो। खनियाँले केही महिनाअघि मात्रै घर बिक्री गरेको खुलेको छ। बिक्री गरे पनि उनीहरू त्यहीँ बस्दै आएका थिए। उनका श्रीमती र एक छोरी छन्।